मंगलबार, ९ सेप्टेम्बर, २०२५
बेलायतको ननिटनमा पहिलोपटक मेयर नोमिनेट भए पूर्व गोर्खा



नेपाली लिङ्क
फ्रेब्रवरी २६, २०२५

गत वर्ष मेमा सत्तारुढ लेबर पार्टीबाट काउन्सिलर निर्वाचित सारु ३८ जना काउन्सिलरमध्येबाट मेयर नोमिनेट भएका हुन् ।
उक्त बरोमा लेबरका १९, कन्जरभेटिभ १७ र ग्रीन पार्टीका २ जना काउन्सिलर रहेकामा ग्रीनले पनि सारुलाई समर्थन गरेपछि आफू मेयर नोमिनेट भएको भीम सारुले नेपालीलिंकलाई जानकारी दिए ।
मे १५ मा हुने औपचारिक समारोहमा उनी मेयर नियुक्त भइ पदभार ग्रहण गर्नेछन् ।
मे महिनामा पदभार ग्रहण गरेपछि उनले काउन्सिल इतिहासमा पहिलो गोर्खा मेयरका रुपमा आफ्नो नाम लेखाउनेछन् ।
ननिटन शहरको गोर्खा रेजिमेन्टसंग विशेष सम्बन्ध छ । नजिकै अवस्थित ब्रामकोट ब्यारेक र ननिटनमा झण्डै तीन हजार गोर्खा र तिनका परिवारको बसोवास छ ।
ब्रिटिश गोर्खा भेट्रान्स एसोसिएसनका अध्यक्ष सारुले ब्रिटिश आर्मीमा झण्डै तीन दशक समय बिताए । हाल उनले सारु इम्ब्रोइडरी नामक व्यवसाय पनि चलाइरहेका छन् । उनी पाल्पाका हुन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५