घलेलाई एनआरएनए गतिविधि रोक्न चेतावनी
अमेरिका । गैरआवासीय नेपाली संघको दुई कार्यकाल अध्यक्ष भइसकेका शेष घले फेरि संस्था विभाजन गर्न सक्रिय भएको भन्दै विरोध भएको छ ।
अमेरिकास्थित एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसन अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष माधव मरासिनीले घलेलाई गत साता एक पत्र लेख्दै विश्वभर छरिएका नेपालीहरूको चाहना र सर्वोच्च अदालतको फैसलाअनुसार एकता महाधिवेशन नगरि एकलौटी रूपमा अघि बढ्दा हुने परिणामको सम्पूर्ण जिम्मेवारी घले आफैंले लिनुपर्ने र यस्तो गतिविधि कानूनी रूपमा प्रतिवाद गरिने चेतावनी दिएका छन् ।
पत्रमा गैरआवासीय नेपाली संघको १० औं महाधिवेशन सर्वोच्च अदालतको आदेश अनुसार अवैध ठहरिएको उल्लेख गर्दै १२६ जना प्रतिनिधिसहित एकलौटी रूपमा अघि बढेका कारण घलेले गराएको महाधिवेशन रद्द भएको स्मरण गराइएको छ ।
सर्वोच्च अदालतको फैसलाअनुसार घलेलाई एनआरएनए र अन्य सम्बन्धित संस्थाहरूसँग छलफल गरी एकता कायम गर्न उच्चस्तरीय समितिको संयोजक तोकेपनि घलेले कुनै पनि सरोकारवाला पक्षसँग सम्वाद र छलफल नगरी अग्रसर भएको देखिएको दावी पत्रमा उल्लेख छ ।
पत्रमा गैरआवासीय नेपाली संघको नाममा कुनै बैठक वा भेला नगर्न र तत्काल यस प्रकारको गतिविधि रोक्न भनिएको छ ।
मरासिनीले सर्वोच्च अदालतको साउनमा भएको दोस्रो फैसलाको आधारमा घलेले उच्चस्तरीय समितिको संयोजकका हैसियतमा गरेको पहिलो बैठक अवैध र सर्वोच्च अदालतको आदेशको उल्लङ्घन हुने तर्क पनि गरेका छन् ।
घलेले संघका वर्तमान अध्यक्ष डा. बद्री केसीमाथि व्यक्तिगत प्रतिशोध साँधेर संघलाई फेरि विभाजन गर्ने तयारी गरेको जिकिर मरासिनीको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५