आइतबार, वैशाख २१, २०८२
01:20 | ०६:०५

बेलायतको ‘ह्याम्प्सायर एकाउन्टेन्टस्’ को नयाँ शाखा दुबईमा

नेपाली लिङ्क डिसेम्बर ४, २०२४


लन्डन । बेलायतमा नेपालीद्वारा सञ्चालित ‘ह्याम्पसायर एकाउन्टेन्टस्’ ले दुबईमा पनि शाखा विस्तार गरेको छ ।

दुबई शाखामा हाल दुई कर्मचारीद्वारा सेवा शुरु भइसकेको ‘ह्याम्प्सायर एकाउन्टेन्टस्’ का निर्देशक भाइराजा थापाले जानकारी दिए।

सो कम्पनीले बुक किपिङ एण्ड फाइनान्सियल रिपोर्टिङ, ट्याक्स सर्भिसेज, पेरोल म्यानेजमेन्ट, फाइनान्सियल कन्सल्टिङ एण्ड एडभाइजरी जस्ता सेवा थालेको हो ।

करिब १६ वर्ष बेलायतको लामो अनुभवका आधारमा दुबईमा पनि आफ्नो व्यवसाय विस्तार गरेको थापाले बताए । दुबई शाखामा प्रोपर्टीलगायत कुनै पनि व्यवसाय संचालन तथा इमिग्रेशनसम्बन्धि सेवा सुविधा उपलब्ध हुनेछ ।

विगत लामो समयदेखि एकाउन्ट व्यवसाय संचालन गर्दै आएको ‘ह्याम्पसायर एकाउन्टेन्टस्’ ले बेलायतमा नेपालीलगायत अन्य थुप्रै मुलुकका नागरिकलाई सेवा सुविधा प्रदान गर्दै आएको छ ।

लगानीको दृष्टिकोणले दुबई हाल विश्वभरका नागरिकहरुको रोजाइमा छ भने यहाँ नेपालीको संख्या पनि उल्लेखनीय रुपमा बढ्दै गएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू