लन्डनमा पनि मधेशीहरुले मनाए छठ पर्व


लन्डन– बेलायतमा बसोबास गर्दै आएका मधेशी समुदायका मानिसहरुले लन्डन हिथ्रोस्थित खनिज रेष्टुरेन्टमा छठ पर्व मनाएका छन् ।
नेपाली मधेशी संगठन यूकेको आयोजनामा आइतबार भएको छठ कार्यक्रममा लन्डनबाहिर लेष्टर, बर्मिङगमलगायतका स्थानबाट मानिसहरु भेला भएका थिए । उनीहरुले भजनलगायत विभिन्न गीत संगीतमा नाचगान गरि छठ मनाए ।
बेलायतमा करिब ४ हजार जति मधेशी समुदायका मानिसहरु बसोबास गर्दै आएको एसोसिएसन अफ नेपलिज मधेशीज् इन द यूकेका अध्यक्ष भाग्य नारायण यादवले जानकारी दिए।
नेपालमा केही दिन अघि नै छठ पर्व मनाइ सकिएपनि यहाँको व्यस्तताका कारण आइतबार कार्यक्रम तय गरिएको यादवले बताए ।
विदेशमा बसेर भावी सन्ततिलाई आफ्नो परम्परा र संस्कृतिबारे जानकारी गराउने र पर्वलाई निरन्तरता दिने उद्देश्यले आफूहरुले विभिन्न मौलिक पर्वहरु मनाउंदै आएको उनले बताए ।

विगतमा तराईका जिल्लामा मात्रै मनाइन्थ्यो छठ । पछिल्लो समय यसको व्यापकता स्वदेशमा मात्र नभइ सात समुद्रपार पुगेको छ । अस्ताउँदो सूर्यलाई अर्घ दिँदै सुरु हुने यो पर्व उदाउँदो सूर्यलाई अर्घ दिएपछि समापन हुन्छ ।
त्यसैले यो पर्व आस्था र विश्वास मात्र नभएर सद्भावको पर्व पनि मानिन्छ । अन्य पर्वहरूको मौलिकता गुम्दै गएपनि छठको मौलिकता जीवित छ ।



सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


