बेलायतका नेपाली इन्जिनियरहरुले चुने नयां नेतृत्व


लन्डन । बेलायतस्थित नेपाली इन्जिनियरहरुको संस्था सोसाइटी अफ नेप्लिज इन्जिनियर्स इन यूकेमा नयां कार्यसमिति चयन भएको छ ।
७ सेप्टेम्बर शनिबार लन्डनमा सम्पन्न वार्षिक साधारणसभाले इन्जिनियर सुवोध तिमिल्सिनाको अध्यक्षतामा छैठौं कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।
साधारणसभाले उपाध्यक्षमा डा. रुद्र पौडेल, महासचिव मनोज पुन, सचिव संगीता पोखरेल र कोषाध्यक्षमा सुमन चालिसेलाई निर्वाचित गरेको छ ।
त्यसैगरि, सदस्यहरुमा डा. ब्रम्हानन्द सापकोटा, पुकार सिवाकोटी, डा. सूर्यनाथ घिमिरे, सुजन शर्मा र सुजित शर्मा निर्वाचित भएका सोसाइटीले जनाएको छ ।
सोसाइटीले गत २३ अगष्टदेखि ७ सेप्टेम्बरसम्म निर्वाचन कार्यक्रम गरेको थियो ।
नवनिर्वाचित अध्यक्ष तिमिल्सिनाले आफ्नो भिजन प्रस्तुत गर्दै बेलायतका नेपाली इन्जिनियरहरुको पेशागत हक हित एवं नेपालमा आफूहरुको सीप र ज्ञान हस्तान्तरण गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
यसअघि निवर्तमान अध्यक्ष रुद्र कोइरालाको अध्यक्षतामा सचिव सज्ञान खरेलले सञ्चालन गरेको साधारणसभामा पांचौं कार्यसमितिको वार्षिक प्रतिवेदन अनुमोदन गरिएको थियो ।
सन् २००७ मा स्थापित सोसाइटीले आफ्ना सदस्यरुको हितका लागि विभिन्न कार्य गर्दै आएको छ ।

अध्यक्ष सुवोध तिमिल्सिना
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
- १
- २
- ३
- ४
- ५