आइतबार, ६ जुलाइ, २०२५
22:06 | ०२:५१

इंग्ल्याण्ड युरोकप सेमिफाइनलमा, लक्ष्य उपाधिको

नेपाली लिङ्क जुलाइ ७, २०२४

लन्डन- जर्मनीमा जारी युरोकप २०२४ को एक प्रवल दाबेदार मानिएको इंग्ल्याण्ड प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ।

शनिबार सम्पन्न क्वाटरफाइनलमा स्वीजरल्याण्डलाई ट्राइबेकरमा पराजित गर्दै इंग्ल्याण्डले सेमिफाइनल यात्रा गरेको हो ।

युरो कपको उपाधि आकांक्षा राखेको इंग्ल्याण्डले सेमिफाइनलमा नेदरल्याण्डको सामना गर्दैछ । बुधबार सांझ हुने नेदरल्याण्डसंगको सेमिफाइनलमा विजय निकाल्दै इंग्ल्याण्ड प्रतियोगिताको फाइनल पुग्ने दाउमा छ ।

मंगलबार हुने अर्को सेमिफाइनलबाट फ्रान्स र स्पेनमध्ये विजयी टोली फाइनल पुग्नेछन् ।

यसअघि युरोकपको पछिल्लो संस्करणमा पनि फाइनलसम्म पुगेको इंग्ल्याण्ड यसपटक उपाधि जित्ने लक्ष्यमा छ ।

समुह तथा नकआउट चरणका अघिल्ला खेलहरुमा अपेक्षित प्रदर्शन गर्न नसकेपनि क्वाटरफाइनलमा सुधारिएको खेल देखाएको इंग्ल्यान्डमाथि समर्थकहरुको अपेक्षा बढ्दै गएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू