शनिबार, साउन १२, २०८१
06:32 | ११:१७

गोर्खा कपमा एचटिआर केयरको निशुल्क स्वास्थ्य शिविर, २०० बृद्धबृद्धा लाभान्वित

नेपाली लिङ्क मे २७, २०२४


लण्डन- लण्डनस्थित एचटिआर केयरले गोर्खा कपमा निशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । प्रमुख स्पोन्सरहरुमध्ये एक रहेको एचटिआरले शिविरको आर्थिक लगायत सम्पूर्ण व्यवस्थापन गरेको हो ।  

एचटिआरलाई नर्सिङतिरको प्रमुख संयोजन सिनियर स्पेसलिष्ट नर्स सुष्मा पौडेल भट्टराई र उनका अन्य दुई सहकर्मी नर्सहरु शितल थपलिया र प्रमिला केसीको सहयोग थियो। 

एचटिआरले ३ हप्ताको तयारीपछि सम्पन्न गरेको उक्त शिविरमा कम्पनीका १५ भन्दा बढी स्वयंसेवक तयारी तथा व्यवस्थापनमा खटिएका थिए ।  

निशुल्क स्वास्थ्य शिविरलाई नेपाली चिकित्सकहरुको संगठन नेप्लिज डक्टर्स एसोसिएसन यूके पूर्व अध्यक्ष डा. कमल अर्याल लगायतको टिमले महत्वपूर्ण सहयोग गरेको थियो। 

डक्टर्स एसोसिएसनका १२ भन्दा बढी चिकित्सकको प्रत्यक्ष संलग्नता रहेको शिविरमा झन्डै २ सय जना बृद्धबृद्धाहरुको निशुल्क स्वास्थ्य परिक्षण गरियो। 

शिविरमा चिकित्सकहरुको स्वतस्फूर्त सेवा प्रशंसायोग्य रहेको डा. अर्यालले बताए। अर्याल आँफैपनि शिविर संचालनमा निर्धक्क खटिएका थिए।

शिविरलाई स्वास्थ्य परिक्षणमा मात्र सिमित नगरी बेलायतको सोसल केयर सम्बन्धि जानकारी तथा जागरुकता जगाउने उद्देश्यका साथ संचालन गरिएको एचटिआर केयरका निर्देशक टंक भट्टराईले बताए । एचटिआरबाट तालिम प्राप्त स्वयंसेवकहरुले नेपाली बृद्धबृद्धाहरुलाई बेलायतको सोसल केयर सम्बन्धि व्यवस्था अनि उनीहरुको अधिकार लगायतबारे काउन्सिलिङ गर्ने प्रयास गरेको भट्टराईले  बताए। 

शिविरमा गोर्खा कप आयोजक तमुधिं यूके टिम आफैं आएर धन्यवाद ज्ञापन गरेको थियो।

यस्ता शिविरहरु बेलायतका विभिन्न ठाउंमा भविष्यमा पनि संचालन गर्ने योजना रहेको कम्पनीका अर्का निर्देशक जेनिश गिरीले बताए।

शिविरको अन्त्यमा योगदान गर्ने सम्पूर्ण स्वास्थ्यकर्मीहरुलाई धन्यबाद दिंदै आयोजकले खादा अनि सम्मानपत्र वितरण गरेका थिए।

स्पेसलिष्ट नर्स सुष्मा पौडेलले आवस्यक सामग्री अनि नर्सिङको सम्पूर्ण जिम्मेवारी लिएर शुरु देखि अन्त्य सम्मै आफ्ना सहकर्मीको साथमा महत्वपूर्ण भूमिका निर्वाह गरेको निर्देशक भट्टराईले बताए। सुष्मालगायत टिमको सहयोगले कार्यक्रम तयारी अनि संचालनमा निकै सजिलो भएको उनले बताए । 

कार्यक्रमका क्रममा नर्सिङ एसोसिएसन यूकेकी अध्यक्ष सुनिता थापाको पनि उपस्थिति थियो भने उपाध्यक्ष रश्मिता दर्लामीले शिविरमा प्रत्यक्ष सहभागी भएर सहयोग गरेकी थिइन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू