शनिबार, साउन १२, २०८१
05:57 | १०:४२

बेलायतमा ४ जुलाईमा आमनिर्वाचन घोषणा

नेपाली लिङ्क मे २२, २०२४

लण्डन- बेलायतमा आउंदो ४ जुलाईमा आमनिर्वाचन हुने भएको छ ।

बेलायती प्रधानमन्त्री ऋषि सुनकले बुधबार टेन डाउनिङ स्ट्रिटबाहिर आमनिर्वाचनको मिति घोषणा गरेका हुन् ।

राजनीतिक वृत्तमा आउंदो वर्षको जनवरीतिर निर्वाचन हुने अड्कलबाजी गरिएपनि प्रधानमन्त्री सुनकले अप्रत्यासित रुपमा निर्वाचन मिति घोषणा गरेका हुन्।  

दरबार स्रोतका अनुसार प्रधानमन्त्रीले आज दिउँसो राजालाई स्वागत समारोहपछि सिधै भेटेका थिए । उक्त बैठक करिब १५ मिनेटसम्म चलेको थियो ।

कोभिड महामारी, फर्लो योजना र युक्रेन युद्धबारे बोलिसकेपछि उनले प्रश्न गरे ‘अब तपाईं कसलाई विश्वास गर्नुहुन्छ?’

सुनकले कन्जरभेटिभ सरकारले राष्ट्रिय स्वास्थ सेवामा खर्च वृद्धि र शिक्षामा प्रगति हासिल गरेकोमा गर्व लागेको बताए ।  

विपक्षी दल लेबरका नेता केयर स्टारमरले आमचुनाव ‘देशले पर्खिरहेको क्षण’ भएको प्रतिकृया दिएका छन् । उनले आमचुनाव देशमा झन् राम्रो परिवर्तनका लागि अवसर भएको पनि बताए । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू