शनिबार, साउन १२, २०८१
10:34 | १५:१९

सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स यूकेमा नयाँ नेतृत्व, अध्यक्ष बने गजेन कटुवाल

नेपाली लिङ्क मे २०, २०२४

लन्डन – सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स यूकेको नवौं वार्षिक साधारणसभा आइतबार प्लमस्टिडमा सम्पन्न भएको छ।  

साधारणसभाले सन् २०२४-२६ का लागि गजेन कटुवालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

उपाध्यक्षमा डा रामजी पौडेल, महासचिवमा डा बिदुर घिमिरे, सचिव शम्भुनाथ अधिकारी र कोषाध्यक्षमा रन्जन बिष्ट चुनिएका छन् ।  

त्यसैगरि, सदस्यहरुमा श्रीमती जमुना न्यौपाने कोइराला, श्रीमती लीला रेग्मी, पूर्ण रोक्का, राजु न्यौपाने, रामहरी हमाल तथा सुश्री शिक्षा बराल निर्वाचित भएका छन्   

सोसाइटीको निर्वाचन गराउन इ. श्याम थापाको संयोजकत्वमा अर्कराज तिमिल्सिना तथा डा नारायण भट्टराई सदस्य रहेको समिति गठन गरिएको थियो। 

अध्यक्ष बाहेक सबै पदमा निर्विरोध भएकाले अध्यक्ष पदका लागि प्रत्यक्ष निर्वाचन गराइएको थियो।

मतदान सुरु हुनु अघि उम्मेदवारहरु गजेन कटुवाल तथा डा ओम प्रसाद गौतमले आआफ्नो एजेन्डा सभा समक्ष प्रस्तुत गरेका थिए । त्यसपछि भएको मतदानमा गजेन कटुवाल अध्यक्ष पदमा निर्वाचित भएको घोषणा गरियो।

नवनिर्वाचित अध्यक्ष कटुवालले संस्थालाई एकजुट बनाएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।


यसअघि सोसाइटीका अध्यक्ष इ विष्णु न्यौपानेको अध्यक्षतामा सम्पन्न  वार्षिक साधारणसभामा संघका महासचिव डा ओम प्रसाद गौतमले सन् २०२२-२४ मा संघले गरेका गतिविधिबारे जानकारी गराएका थिए। 

गौतमले गत कार्यकालमा विभिन्न संस्थासंग मिलेर नेपालमा स्वास्थ्य शिविर संचालन गरेको, तनाव कम गर्न तथा साइबर सेक्युरिटी सम्बन्धी प्रशिक्षण संचालन गरेको र दोहोरो नागरिकता सम्बन्धमा अध्ययन गर्न गठित समितिले काम गरिरहेको बताए। 

त्यस्तै कोषाध्यक्ष शम्भुनाथ अधिकारीले समाजको आयव्यय विवरण प्रस्तुत गरेका थिए।

साधारणसभाले दुवै प्रतिबेदनहरु पारित गरेको थियो ।

अध्यक्ष न्यौपानेले सन् २००८ मा स्थापित संस्थाले बेलायतमा कार्यरत प्राज्ञिक तथा पेशाकर्मीहरुको सीप र ज्ञान नेपालको विकासमा लगाउन काम गरिरहेको बताए ।

उनले आफ्नो कार्यसमितिलाई सघाउने सबैलाई धन्यवाद दिए।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू