शनिबार, साउन १२, २०८१
05:56 | १०:४१

बेलायत छाडेर नेपालमा वकालतमा लागे डा. कंडेल, सिधाकुराको पक्षमा वहस

नेपाली लिङ्क मे १६, २०२४


लन्डन–सिधाकुरा डट कमविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको अदालतको अवहेलना मुद्दामा सिधाकुरा, यसका प्रस्तोता तथा प्रकाशक युवराज कंडेल र सम्पादक नवीन ढुङ्गानाका पक्षमा अधिवक्ता डा. नारायण कंडेलले वहस गर्ने भएका छन् । 

सिधाकुरा डट कम तथा सिधाकुराको युट्युब च्यानलबाट चारसय बढी भ्रष्टाचारका मुद्दा डिसमिस गराउने सर्वोच्च अदालतका न्यायाधीश सहभागी बैठकको स्ट्रिङ अपरेसन शीर्षक अन्तर्गत शृङ्खलाबद्ध रूपमा ‘डार्क फाइल’ प्रसारण भएपछि सम्बधित समाचारमाध्यम तथा पत्रकारविरुद्ध अदालतको अवहेलनामा फौजदारी मुद्दा लगाइएको थियो ।

मुद्दाको तहकिकातका सन्दर्भमा पत्रकारहरुको बयान सकिएको छ भने समाचारमा प्रयोग भएको अडियोको आधिकारिकता वा सत्यताका सन्दर्भमा अनुसन्धान भइरहेको जनाइएको छ । 

सर्वोच्च अदालतमा विचाराधिन यो ‘हाइप्रोफाइल’ मुद्दाको भोलि जेठ ४ गते पेशी तोकिएको छ । उक्त मुद्दामा पत्रकार तथा समाचार माध्यमका तर्फबाट वहस गर्ने अधिवक्ता डा. कंडेल बेलायतबाट कानूनमा पिएचडीसम्मको अध्ययन पुरा गरेका कानून ब्यवसायी हुन् । 

गैर आवासीय नेपाली संघ यूकेका पूर्व उपाध्यक्षको रुपमा काम गरिसकेका डा कंडेलले बेलायतको बसाई विट मार्दै गत अक्टोवरदेखि नेपालमा वकालत शुरु गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू