शनिबार, साउन १२, २०८१
07:13 | ११:५८

इमिग्रेसन कडाइपछि बेलायत आउन आवेदन गर्ने विदेशी विद्यार्थी घटे

नेपाली लिङ्क मे १४, २०२४

फाइल तस्विर।

लन्डन- बेलायत सरकारले लागू गरेको इमिग्रेसन कडाइका कारण बेलायतमा अध्ययन गर्न आउने विदेशी विद्यार्थीहरुको संख्यामा गिरावट आएको छ ।

यहि वर्षको शुरुदेखि कार्यान्वयनमा आएका कडा नियम र ग्रयाजुएट भिसाको अनिश्चितताका कारण बेलायतमा पढ्न आउन चाहने विदेशी विद्यार्थीहरुको संख्या घट्न थालेको हो ।

‘ब्रिटिश युनिभर्सिटीज इन्टरनेश्नल लिएसन एशोसिसन’ ले बेलायतका विभिन्न ७५ वटा विश्वविद्यालय तथा कलेजहरुमा गरेको अध्ययनले बेलायतमा अध्ययनका लागि आवेदन दिने अन्तरराष्ट्रिय विद्यार्थीहरुको संख्या घटेको देखाएको हो ।

अध्ययन गरिएका शैक्षिक संस्थानहरुमध्ये ९० प्रतिशतमा अन्तरराष्ट्रिय विद्यार्थीको आवेदनमा गिरावट भएको पाइएको छ ।

त्यस्तै, पोस्ट ग्रयाजुएट डिग्रीहरुमा आवेदन गर्नेहरुको संख्यामा अघिल्लो वर्षको तुलनामा २७ प्रतिशतले कमी आएको छ ।

बेलायत सरकारले इमिग्रेसन नियन्त्रणको आफ्नो लक्ष्य हासिल गर्ने क्रममा विद्यार्थी भिसालाई पनि निशाना बनाएर कडाइ गर्दै आएको छ ।

यहि वर्षको सुरुआत्देखि पोस्टग्रयाजुएट रिसर्च डिग्रीमा आउने सिमितबाहेक अन्य विदेशी विद्यार्थीलाई ‘डिपेन्डेन्ट’ ल्याउन प्रतिवन्ध गरिएको छ ।

बेलायतमा डिग्री सकिएपछि दुई वर्ष काम गर्न पाउने ग्रयाजुएट स्किम पनि जारी राख्ने वा हटाउने भन्नेबारे यतिबेला सरकारभित्र अध्ययन र छलफल चलिरहेको छ ।

विद्यार्थी भिजामा गरिएको कडाइले नेपालबाट अध्ययनका लागि बेलायत आउने विद्यार्थीको संख्या पनि अहिले ह्वात्तै घटेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू