शनिबार, कार्तिक १०, २०८१
15:16 | २०:०१

बेलायतको रसमोरमा नेपालीका सुन चोरी बढेपछि प्रहरीले गरायो सचेत

नेपाली लिङ्क मे १०, २०२४

लन्डन । बेलायतको रसमोर बरोमा बसोवास गर्ने नेपालीहरुको घरमा सुन चोरीका घट्ना बढ्दै जांदा प्रहरीले सचेतना अपनाउन अपिल गरेको छ ।

रसमोर नेवरहुड पोलिसिंग युनिटले नेपालीमा एक अपिल जारी गर्दै सम्भावित अपराधबाट जोगिन अपनाउनुपर्ने उपाय समेत सुझाएको हो । त्यस क्षेत्रमा विशेष गरि नेपाली (एसियन गोल्ड ज्वेलरीज) टार्गेटमा रहेका पिसिएसओ दुर्गा थापाले बताए ।

प्रहरीको अपिल यस्तो छः

CRIME ALERT (अपराध सचेतना)

अपराधको ठूलो हिस्सा अवसरवादीहरूद्वारा घटाइन्छ। आफूलाई अनि आफ्नो सम्पत्तिको सुरक्षा गर्न निम्न लिखित सरल उपायहरु अपनाएर आफैंलाई मद्दत गर्नुहोस्:

-घरबाट निस्कंदा सधैं ढोका र झ्यालहरूमा चाबी लगाउनु होस् र चाबी हटाउनुहोस्। तपाईं घरमा या घर पछाडिको बगैंचामा हुँदा आफ्नो घरको ढोका र झ्यालहरु सधैं बन्द गर्नुहोस्। यदि तपाईंको UPVC ढोका छ भने ढोकाको ह्यान्डल उठाई बन्द गर्न साँचो घुमाउनु होला।

-घर बाहिर बत्ती जडान गर्ने विचार गर्नुहोस्, जसले अपराधीहरूलाई रोक्न मद्दत गर्नेछ। यदि तपाईं बाहिर हुनुहुन्छ भने टाइमर स्विचमा बत्ती वा रेडियो जडान गरि राख्नुहोस्। यसो गर्दा घरमा कोही भएको भान हुन्छ।

-आफ्नो गाडीमा कुनै पनि बहुमुल्य सामानहरू नछोड्नु होस्।

-प्रत्येक पटक तपाईंले आफ्नो गाडी छोड्दा सबै ढोका र झ्यालहरू बन्द गरि लक छन् भनी सुनिश्चित गर्नुहोस्। यदि तपाईंको गाडीमा अलार्म जडान गरिएको छ भने त्यसलाई सक्रिय बनाउनुहोस्।

www.immobilise.com मा बहुमुल्य वस्तुहरू नि:शुल्क दर्ता गर्नुहोस्। यदि तपाईको सम्पत्ति हराउंदा वा चोरी भए पछि भेटिदा, यस रजिस्टर को मद्धतले वापस गर्न सजिलो हुने छ।  

-तपाईं बस्ने क्षेत्रको अपराधिक गतिविधिहरुबारे नि:शुल्क सामुदायिक जानकारी प्राप्त गर्न ह्याम्पशायर अलर्ट (Hampshire alert) मा दर्ता गर्नुहोस्।

केही उपयोगी फोन नम्बरहरु:

पुलिस आपतकालिन: 999

पुलिस गैर आपतकालिन:101

क्राइम स्टपर 0800555111

Aldershot Neighbourhood Team

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू