बुधबार, जेठ २, २०८१
09:47 | १४:३२

बझाङमा एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा, २० मतले भण्डारीको अग्रता

नेपाली लिङ्क अप्रिल २९, २०२४

बझाङ–बझाङ क्षेत्र १ अन्तरगत प्रदेशसभा १ मा भएको उपनिर्वाचनको मतगणना जारी छ ।

पछिल्लो  परिणाम अनुसार एमाले र कांग्रेस उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएपनि  नेकपा एमाले उम्मेदवार दमन भण्डारीको अग्रता कायमै छ ।

मत गणनाका क्रममा उनीहरुबीच भएको झिनो मतान्तरणले रोचक मोड लिएको छ । अहिले एमाले उम्मेदवार भण्डारीले २० मतले अग्रता कायम गरेका छन् ।

भण्डारीले १० हजार ४११ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले १० हजार ३९१ मत प्राप्त गरेका छन् ।

यसैगरी माओवादी केन्द्रका जनकबहादुर बुढाले ३ हजार ७१३ मतले पच्छ्याइरहेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू