शनिबार, वैशाख २९, २०८१
22:09 | ०२:५४

लन्डनमा नौलो कन्सेप्ट र ब्रान्डिङमा नेपाली युवाले खोले एसियन फ्यूजन कुजिन र जुसबार (भिडियो)

भविष्यमा फ्रेन्चाइजका रुपमा विस्तार गर्ने दीर्घकालिन सोच

नेपाली लिङ्क अप्रिल २७, २०२४

लन्डन । साउथ वेष्ट लन्डनस्थित बाल्हाम हाइरोडमा नेपाली युवाले एसियन फ्यूजन कुजिनसहित जुस बार शुरु गरेका छन् ।

समिर शर्मा र सविन शर्मा दाजुभाईले दुई साताअघिमात्र ‘स्क्वीज्ड’ नाममा नयां व्यवसाय शुरु गरेका हुन् ।

बेलायतका नेपालीले रेष्टुरेन्ट खोल्ने क्रम नयां होइन । तर, लन्डनमै हुर्केका नेपालीमूलका दुई युवाको पृथक कन्सेप्ट र ब्रान्डिङमा खुलेको उक्त व्यवसायले छोटो समयमै पिक गरिसकेको छ ।

टेक वे (ग्रयाब एण्ड गो) र हेल्डी फुड कन्सेप्टमा खुलेको फेमिली रन विजनेश स्क्वीज्डमा विशेष गरि चिकेन, ल्याम्ब र भेज मःम, नुडल्स् अनि हाल ट्रेन्डिङमा रहेका दुई दर्जन किसिमका सुसी उपलव्ध छन् ।

क्लासिकदेखि स्पेशलियाटी कफी र विभिन्न ट्रपीकल एण्ड एक्जोटिक फ्रेस फ्रुट्स जुस, भेजिटेबल (एभोकाडो, सेलरी, साग, गाजर, कांक्रो आदि) को स्मुदी यसका विशेषता हुन् । कष्टमरकै अगाडि जुस, स्मुदी बनाएर दिइने भएकाले ग्राहकले खानामा बढी विश्वास गर्छन् ।

नुडल्स् र मम मिक्स गरेको कम्बो बक्स, सुसी पोकी बल पनि यहां खुबै चलेका खाना हुन् । बालबच्चालाई आकर्षित गर्ने खालका किड्स मेनु पनि यहां उपलब्ध छ ।

जुस बारको कलर र एम्बियन्स्, कफी जुस सर्भ गर्ने कप, ग्लास, सुसी नुडल्स् खाना हाल्ने बउल, टेक वे ब्यागमा आकर्षक ब्रान्डिङ गरेका छन् शर्मा दाजुभाईले । युनिफर्म आफ्नै छ । फ्रेन्चाइज गरि यस व्यवसायलाई भविष्यमा अन्यत्र पनि विस्तार गर्ने सोच युवा सञ्चालकको छ ।

फेमिली रन विजनेश स्क्वीज्डमा विशेष गरि चिकेन, ल्याम्ब र भेज मःम, नुडल्स् अनि हाल ट्रेन्डिङमा रहेका दुई दर्जन किसिमका सुसी उपलव्ध छन्

सातै दिन खुल्छ रेष्टुरेन्ट । सोमबारदेखि शनिबारसम्म बिहान ८ देखि बेलुका ९ बजे र आइतबार बिहान १० देखि बेलुका ६ बजेसम्म खुल्छ ।

लन्डनमा नेपालीले नै शुरु गरेको हट स्टोन सुसी र अक्सफोर्ड सर्कसस्थित ५ तारे होटल वेष्ट बरीमा झण्डै एक दशक काम गरेका अनुभवी सेफ जय गिरीले बनाउंछन् खाना ।

कोस्टा कफीमा म्यानेजेरियल रोल गरिसकेका सविनले कफी र स्मुदी बनाउंछन् ।

उवर इट, जस्ट इट र डेलिबरोमार्फत खाना टेकवे सर्भिस् पनि उपलब्ध छ । स्थानीय लन्डन बरो अफ वान्ड्सवोर्थ काउन्सिलले फुड हाइजिन रेटिङमा ५ स्टार दिइसकेको छ ।

ब्रान्डिङ एण्ड म्यानेजमेन्टमा मास्टर्स गरेका संस्थापक समिरले समग्र व्यवस्थापन हेर्छन् । हस्पिटालिटीमा लामो समय काम गरिसकेका उनी कष्टमरलाई सर्भ पनि गर्छन् ।

भाईको ब्रान्डिङ र आफ्नी जीवनसंगिनी सिभिल इन्जिनियर अन्जली फुयांलको ‘क्रिएटिभ माइन्ड’ ले नै यो ब्रान्ड स्थापित हुंदै गएको समिरले बताए ।

लोकल विजनेशलाई सपोर्ट गर्ने उद्देश्य राखिएको जनाउंदै समिरले आउटडोर, कर्पोरेट पार्टीका लागि समेत खाना क्याटरिङ गरिने बताए ।

‘ब्रान्ड स्टाब्लिस गरेर भविष्यमा यसलाई फ्रेन्चाइजका रुपमा विस्तार गर्ने दीर्घकालिन सोच छ मेरो’, समिर भन्छन्, ‘कसैले फ्रेन्चाइज लिन चाहे दिन सकिन्छ र ठाउं अनुसार उनीहरुले फरक थिममा खोल्न सक्छन् ।’

शर्माले अहिले ब्रान्डिङका लागि सोसल मिडिया प्लाटफर्म, ब्रान्ड अवेरनेस्, इन्टरनेशनल ब्रान्ड बनाइसकेका व्यवसायीहरुसंग साक्षात्कारलाई बढी प्राथमिकता दिइरहेको बताए ।

भर्खर शुरु भएको नयां व्यवसायमा केही चुनौति त भइहाल्छन् । तर, अहिले नै त्यस्तो केही सामना गर्नु नपरेको समिरले बताए ।

उनले अगाडि थपे, ‘प्रतिष्पर्धा अवश्य छ बजारमा । तर हामी अरुको भन्दा क्वालिटी दिन्छौं । हाम्रो मेनु अरु भन्दा सस्तो पनि छ । खाना ल्याव टेष्ट गरेर बनाइन्छ । कृत्रिम सामग्री मिसावट हुन्न । यसले गर्दा ग्राहक आकर्षित हुने विश्वासमा चिन्तित हुनुपर्ने केही देख्दिन ।’

समिर शर्मा र सविन शर्मा

हेरौं नेपालीलिंकसंगको भिडियो संवाद-

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू