बिहीबार, वैशाख २७, २०८१
08:06 | १२:५१

इंग्ल्याण्डसंग हुने ऐतिहासिक खेल हेर्न आइदिन नेपाली खेलाडी र कोचले गरे अपिल (भिडियो)

नेपाली लिङ्क अप्रिल २७, २०२४

लन्डन– नेपाल र इंग्ल्याण्ड सीबीच यही ६ मेमा पहिलोपटक बेलायतमा हुन लागेको ऐतिहासिक फुटबल खेल हेर्न आइदिन नेपाली खेलाडीले अपिल गरेका छन् ।

नेपाली राष्ट्रिय टिमका क्याप्टेन किरण चेम्जोङसहितका खेलाडीले बेलायतको नेपाली समुदायलाई एकजुट भएर खेल सफल बनाइदिन अपिल गरेका हुन् । उनीहरुले खेल हेरे हौसला प्रदान गर्न पनि आग्रह गरेका छन् ।

खेलाडीले नेपाल र इंग्ल्यान्डबीच पहिलो ऐतिहासिक फुटबल आयोजना गर्ने अल्डरसट टाउन फुटबल क्लबका अध्यक्ष साहिद अजिमप्रति आभार समेत व्यक्त गरेका छन् ।

कोच भिन्सेन्जो अल्बर्टो एन्नीसले नेपाली खेलाडी उर्जावान र जवान रहेका उल्लेख गर्दै बेलायतमा मैत्रीपूर्ण खेल उत्कृष्ट रुपमा खेल्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले मैदानमा आएर आफूहरुलाई साथ दिन पनि अपिल गरे ।

पहिलोपटक बेलायत आउन लागेको नेपाली राष्ट्रिय टोलीले इंग्ल्याण्ड सीसँग अल्डरसटस्थित अल्डरसट टाउन फुटबल क्लब मैदानमा मैत्रीपूर्ण खेल खेल्ने तयारी गरेको छ । नेपाली टिम यही मंगलबार लन्डन उत्रंदैछन् ।

मे ६ तारिख सोमबार बैंक होलिडेका दिन दिउँसो तीन बजे अल्डरसट टाउन फुटबल क्लबको मैदानमा दुई देशबीचको खेल हेर्न अनलाइन र प्रत्यक्ष दुवै टिकट विक्री भइरहेका छन् ।

खेल हेर्न टिकट शुल्क १७ वर्षमुनिका लागि ५ पाउण्ड र वयस्कका लागि १० पाउण्ड छ।

८ हजार दर्शक क्षमताको अल्डरसट एफसीको इबीबी रंगशालामा नेपालको ऐतिहासिक खेल हेर्न उल्लेख्य नेपालीदर्शक उपस्थित हुने अपेक्षा गरिएको छ ।

नेपाल र इंग्ल्यान्ड सीबीचको खेल हेर्न अनलाइन टिकट लिन यहाँ क्लिक गर्नुहोस् 

खेलाडी र कोचको भिडियो अपिल-

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू