बिहीबार, वैशाख २७, २०८१
03:57 | ०८:४२

इलाम र बझाङ उपनिर्वाचनमा उत्साहजनक सहभागिता

नेपाली लिङ्क अप्रिल २७, २०२४

काठमाठौं । इलाम र बझाङमा शनिबार शुरु उपनिर्वाचनमा मतदाताले उत्साहजनक सहभागिता जनाइरहेका छन् ।

बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा (१) मा दिउँसो १ः३० बजेसम्म ३७ प्रतिशत मतदान भएको सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय, धनगढीका निमित्त प्रमुख प्रेमराज भट्टले बताए । उनले प्रदेश सभा (१) को निर्वाचन क्षेत्रभर शान्तिपूर्ण रुपमा मतदान भइरहेको बताए ।

सो क्षेत्रमा ६१ हजार ७४८ मतदाता छन् ।

उता, इलाम निर्वाचन क्षेत्र –२ मा ४२ प्रतिशत मत खसेको छ । दिउँसो डेढ बजेसम्म ४९ हजार मत खसेको हो ।

निर्वाचन आयोगका अनुसार इलाम २ मा एक लाख १६ हजार आठ सय ८९ मतदाता छन् । ७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र रहेको आयोगले जनाएको छ । इलाममा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १९ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

बझाङ १ (क) कूल ६१ हजार सात सय ४८ मतदाता छन् भने ७४ मतदानस्थल र ९३ मतदान केन्द्र रहेको आयोगले जनाएको छ । बझाङको उपनिर्वाचनमा १२ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू