सोमबार, वैशाख २४, २०८१
12:28 | १७:१३

नेपाल-इंग्ल्याण्ड ऐतिहासिक खेलका लागि व्यवसायी लामिछानेको ६ हजार पाउन्ड सहयोग

नेपाली लिङ्क अप्रिल २६, २०२४


लन्डन- लण्डनका सफल व्यवसायी एवम् समाजसेवी रविन्द्रजंग लामिछानेले ६ मेमा नेपाल र इंग्ल्याण्ड सीबीच पहिलोपटक बेलायतमा हुन लागेको ऐतिहासिक फुटबल खेलका लागि ६ हजार पाउन्ड सहयोग गरेका छन् ।

जिनी लण्डन लिमिटेडका प्रवन्ध निर्देशक लामिछानेले उक्त ऐतिहासिक खेल नेपाल र नेपालीकै प्रतिष्ठासँग जोडिएकाले सफल बनाउन आफूले प्रायोजन गरेको बताए।

लामिछानेले राष्ट्र र राष्ट्रियताका सवालमा विगतदेखि नै स्वतस्फूर्त सहयोग गर्दै आएको उल्लेख गर्दै समस्त नेपाली समुदायलाई पनि एकजुट भएर खेल सफल बनाउन अपिल पनि गरेका छन् । ‘अर्को समुदायको कोही मान्छेले हाम्रा लागि मरिहत्ते गरिरहेको छ भने यसमा हामीले पनि अपनत्व महशुस गर्नुपर्छ’ उनले भने। 

लामिछानेले भूकम्प, कोभिड महामारीदेखि बेलायत र नेपालमा मठमन्दिर निर्माण एवं अन्य च्यारिटीमा निरन्तर आर्थिक सहयोग गर्दै आएका छन् । 

पहिलोपटक बेलायत आउन लागेको नेपाली राष्ट्रिय टोलीले मे ६ तारिख इंग्ल्याण्ड सीसँग अल्डरसटस्थित अल्डरसट टाउन फुटबल क्लब मैदानमा मैत्रीपूर्ण खेल खेल्दैछ।

यसैबीच, व्यवसायी रविन्द्रजंग लामिछाने र नेपाल र इंग्ल्यान्डबीचको पहिलो ऐतिहासिक फुटबल सम्भव बनाउन प्रमुख भूमिका खेलेका अल्डरसट टाउन फुटबल क्लबका अध्यक्ष साहिद अजिमबीच भेटघाट भएको छ ।  

शुक्रबार क्लबमा भएको उक्त भेटघाटमा अध्यक्ष अजिमले लामिछानेको सहयोगप्रति आभार व्यक्त गरेका थिए भने लामिछानेले भविष्यमा पनि सहकार्यको प्रतिवद्दता जनाएका छन् । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू