शुक्रबार, वैशाख २१, २०८१
18:24 | २३:०९

कतारका राजालाई नेपालमा भव्य स्वागत (तस्विरहरु)

नेपाली लिङ्क अप्रिल २३, २०२४


काठमाडौं- दुई दिने राजकीय भ्रमणमा आएका कतारका राजा अमिर शेख तमिम विन हमाद अल थानीलाई नेपालमा भव्य स्वागत गरिएको छ।

मंगलबार काठमाडौं आइपुग्दा राजा थानीलाई त्रिभुवन विमानस्थल पुगेर राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गरेका छन्।

राजा थानीलाई स्वागत गर्न उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे र उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलगायत उच्चपदस्थ व्यक्तिहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। 

राजा थानीको सम्मानमा नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामीसहित सम्मान गारत अर्पण गरेको थियो।

कतारका अमिरले राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपति पौडेलसँग भेटवार्ता पनि गरेका छन्। 

त्यस्तै, अमिरको सम्मानमा राष्ट्रपति पौडेलले राजकीय भोज आयोजना गर्दैछन्। भ्रमणका क्रममा नेपाल र कतारबीच युवा तथा खेलकुद र शिक्षा तथा वैज्ञानिक अनुसन्धानलगायत विभिन्न क्षेत्रमा सहकार्यसम्बन्धी समझदारी हुने जनाइएको छ।

नेपाल र कतारबीच सन् १९७७ जनवरी २१ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि कतारका अमिरको यो पहिलो नेपाल भ्रमण हो। 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू