मंगलबार, वैशाख १८, २०८१
10:20 | १५:०५

नटिङहममा सांस्कृतिक कार्यक्रमसहित मनाइयो नेपाली नयाँ वर्ष

नेपाली लिङ्क अप्रिल १७, २०२४

लन्डन- नेपाली समाज नटिङहमले नेपाली नयाँ वर्ष २०८१ लाई एक शुभकामना तथा संस्कृतिक साँझका साथ स्वागत गरेको छ।  

आइतबार साँझ मार्कस ग्रेभी सेण्टर, लेन्टन ब्लुभर्डमा करिब ४ सय जनाको सहभागितामा सम्पन्न कार्यक्रममा नेपालबाट आएका चर्चित कलाकारका साथै स्थानीय कलाकारले पनि विविध मनोरञ्जनात्मक प्रस्तुति गरे।  

कार्यक्रमको प्रमुख आक्रर्षण नेपालबाट आएकी लोकप्रिय गायिका निर्जला गुरुङ थिइन्।

सो अवसरमा नेपालबाटै आएका गायिकाहरु  रेणुका भट्टराई र सृजना खत्रीसंगै अध्ययनका लागि बेलायतमा आएका राहुल देव सापकोटाले पनि प्रस्तुति दिए ।

ख्यातिप्राप्त कलाकारहरुको नाचगान, भजन र नृत्यले उपस्थित जनमानसलाई सांगीतिक माहोलमा झुमाएको थियो। 

कार्यक्रममा प्रमुख अतिथि नटिङहम काउन्सिलर पाब्लोस कोत्सोनिस, विशेष अतिथि स्पेशल इन्स्पेक्टर गुर्मित कौर ओबिई तथा पिसिएसओ कम्युनिटी अफिसर लुसी ओमरानलगायतको उपस्थिति थियो। अतिथिहरुले निकै उत्सुकता र चासोका साथ नेपाली कलाकारका प्रस्तुति हेरे । 


समाजका अध्यक्ष रामप्रसाद पन्थीले सभापतित्व गरेको कार्यक्रम सञ्चालन महासचिव विरेन्द्र खड्काले गरेका थिए।

सो अवसरमा समाजका उपाध्यक्ष मुकुन्दहरि खरालले स्वागत मन्तव्य दिएका थिए भने संस्थापक अध्यक्ष रण केसी, पूर्व अध्यक्ष विष्णु चालिसे, पूर्व अध्यक्ष प्रविण पाण्डे र नटिङहम  महिला समूहकी अध्यक्ष निरु चालिसेले नयाँ वर्षको शुभकामना दिएका थिए।

पूर्व अध्यक्ष गोविन्द खरेलले नेपाली नयाँबर्षको सन्दर्भ र महत्वबारे स्पष्ट पार्दै नेपाली समाज नटिङहमले सन् २००९ मा स्थापना भएदेखि हरेक वर्ष कार्यक्रमसहित नयाँ वर्ष मनाउँदै आएको जानकारी गराए। 

प्रमुख अतिथि काउन्सिलर पाब्लोसले समाजको सक्रियता र गतिविधिबारे जानकारी पाउंदा खुशी लागेको बताउंदै काउन्सिलका मल्टीकल्चरल फोरमहरुमा समाजलाई समेट्ने वचन दिए।

स्थानीय कालाकारहरु प्रकाश सापकोटा, सम्झना आचार्य, अम्या अधिकारी, अलिना क्षेत्री, आइसा कोइराला, मनिशा ढुंगाना, मेघा कोइराला, नसिमा खान, प्रमिला डाँगी, पुजा डाँगी, दिव्याना भट्टराई, विवेक गोले, सन्तोश गुरुङ र भजनमन्डलीमा साथ दिँदै कला भट्टराई पुतली कंडेल, यसोदा शर्मा, मन्जु डुम्रे, गीता अर्याल, सारा देबी, शेखर कंडेल, रामप्रसाद खराल, सुवेदी वा, शम्भु अर्याल, रणबहादुर केसी, यज्ञ भट्टराई, रामजी सापकोटा लगायतले नेपाली कला, संस्कृति झल्काउने प्रस्तुति गरेका थिए ।

कार्यक्रमको डिजे हेम विष्ट थिए भने खानामा गोर्खा एक्सप्रेस टिमले क्याटरिङ गरेको थियो ।

कार्यक्रममा अतिथि सम्मान, व्याच वितरण र हल सजावटमा नटिंघम महिला समूहका दिदिबहिनीहरु खटिएका थिए।

कार्यक्रमको दोस्रो मनोरञ्जनात्मक सत्र अशोक रिजालले सञ्चालन गरेका थिए।

समाजका अध्यक्ष रामप्रसाद पन्थीले कार्यक्रम सम्पन्न गर्न सक्रियतापूर्वक खटिने कार्यसमितिका उपाध्यक्षद्वय लोकनाथ अधिकारी र मुकुन्दहरि खराल, सचिव पदम गोले, कोषाध्यक्ष रविन्द्र गिरी, सहकोषाध्यक्ष मोहन केसी, प्रवक्ता दुर्गा सापकोटा, महिला तथा साँस्कृतिक विभागकी संयोजक कला भट्टराई एवं कार्यसमितिका सबै सदस्यहरुलाई धन्यवाद दिए । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू