मंगलबार, वैशाख २५, २०८१
04:15 | ०९:००

बेलायतमा नेपाली सेनाका अधिकृत पौडेलले पूरा गरे कमिसनिङ कोर्स

नेपाली लिङ्क अप्रिल १४, २०२४

लन्डन । नेपाली सेनाका अधिकृत कल्याण पौडेलले ब्रिटिश सेनाबाट पदक पाएका छन् ।

ब्रिटिश सेनाका कमाण्डेन्ट मेजर जनरल ज्याक स्टेनिङ ओबीइले गत १० अप्रिलका दिन रोयल मिलिट्री एकेडेमी स्यान्डहर्स्टमा पौडेललाई पदक प्रदान गरेका हुन् ।

कमिसनिङ कोर्स सफलतापूर्वक पास गर्ने अन्तर्राष्ट्रिय क्याडेटहरूलाई पदक प्रदान गर्ने प्रचलन छ । नेपाली सेनाले सन् १९५२ देखि स्यान्डहर्स्टमा अफिसर क्याडेट पठाउँदै आएको जनाइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू