मंगलबार, वैशाख १८, २०८१
19:48 | ००:३३

बेलायती सेनाको उच्चस्तरीय टोली काठमाडौं पुग्यो

नेपाली लिङ्क अप्रिल १३, २०२४

लण्डन- बेलायती सेनाको उच्चस्तरीय टोली नेपाल भ्रमणका लागि आज काठमाडौं पुगेको छ ।

मेजर जनरल गेराल्ड स्ट्रिकल्याण्डको नेतृत्वमा दुई सदस्यीय टोली अपरान्ह पौने ५ बजे काठमाडौं पुगेको हो । 

बेलायती सेनाका अवकाशप्राप्त कर्नेल एल्टोन डेभिससहितको टोली कतार एअरवेजको उडान नम्बर क्युआर ६८४ मा दोहा हुँदै गएको बताइएको छ । 

बेलायती सेनाको उच्चस्तरीय टोलीको गोर्खा वेलफेयर ट्रस्ट अवलोकन गर्ने र बुधबार बिहान पोखरा गएर शुक्रबार काठमाडौं फर्कने कार्यक्रम छ ।  

टोली आगामी शनिबार बिहान १० बजे कतार एअरवेजको उडान नम्बर क्युआर ६४९ बाट दोहा हुँदै स्वदेश फर्कने छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू