लन्डन म्याराथनका लागि बेलायत आउँदै गोपीचन्द्र
![](https://www.nepalilink.com/wp-content/uploads/2024/02/horizontal.gif)
![](https://www.nepalilink.com/wp-content/uploads/2020/04/anugraha_810.gif)
लण्डन । लन्डन म्याराथनमा भाग लिन धावक गोपीचन्द्र पार्की बेलायत आउने भएका छन् ।
गोपी शुक्रबार बेलायत प्रस्थान गर्ने जनाइएको छ । लन्डन म्याराथन वैशाख ९ गते हुँदैछ ।
नवौँ नेपालगञ्ज म्याराथनको उपाधि जित्दै गोपी लन्डन म्याराथनमा छनोट भएका थिए । २०८० मंसिर ९ गते भएको नवौं धारा नेपालगन्ज म्याराथनको उपाधि नेपाल एपीएफ क्लबका पार्कीले जितेका थिए । उनले २ घन्टा २१ मिनेट ३८ सेकेन्डमा दौड पूरा गरेका थिए ।
गोपी लन्डनमा रहँदा नेपाल रन यूकेले सबै व्यवस्थापन गर्नेछ ।
धावक गोपीचन्द्रलाई एक समारोहबीच विदाइ गरिएको छ । नेपालगञ्ज म्याराथनले आयोजना गरेको विदाइ कार्यक्रममा गोपीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव टंकलाल घिसिङ, लि निङ आधिकारिक विक्रेता चाइना ट्रेड लिङ्क प्रालिका कार्यकारी अध्यक्ष राजन महर्जन, नेपालगञ्ज म्याराथनका अध्यक्ष टीएस ठकुरीलगायतले शुभकामनासहित विदाइ गरे ।
कार्यक्रममा गोपीले तयारी राम्रो गरेकाले उत्कृष्ट नतिजा ल्याउने आशा व्यक्त गरेका थिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५