सोमबार, वैशाख १७, २०८१
19:00 | २३:४५

लन्डन ग्रीनवीच बरोमा नेपाली नयाँ वर्ष उत्सव

नेपाली लिङ्क अप्रिल ९, २०२४

लन्डन- रोयल बरो अफ ग्रीनवीच नेप्लिज सोसाइटीले एक विशेष कार्यक्रमसहित नेपाली नयाँ वर्ष मनाएको छ ।

आइतबार प्लमस्टिडस्थित एशियन कम्युनिटी सेन्टरमा पाँच सय बढी स्थानीय नेपालीको सहभागितामा नयाँ वर्ष मनाइयो।

राष्ट्रिय कलाकारले प्रस्तुति गरेको कार्यक्रममा स्थानीय कलाकारका विविध मनोरञ्जनात्मक सांस्कृतिक प्रस्तुति पनि थिए।

कार्यक्रममा प्रमुख अतिथि इरिथ एण्ड थेम्समिडबाट प्रतिनिधित्व गर्ने बेलायती सांसद एवम् छाया मन्त्री अबेना ओपङ-असारेले नेपाली नयाँ वर्षको शुभकामना दिंदै स्थानीय समुदायमा नेपालीहरुको भूमिका प्रशंसा गर्न लायक रहेको बताइन्।

उनले नेपाली समुदायसंगको सहकार्यका लागि आफू सधैं तत्पर रहेको जनाउंदै आफ्नो स्थानबाट कुनै सहयोग आवश्यक परेमा सम्पर्क गर्न आव्हान पनि गरिन्।

विशिष्ट अतिथि राष्ट्रियसभा सांसद विष्णु सापकोटाले बेलायतमा पनि नेपाली कला, संस्कृति र नेपालीपन जोगाएर राखेको भन्दै आरजीएनएसलाई धन्यवाद ज्ञापन गरिन्।

सोसाइटीका संरक्षक समेत रहेका रोयल बरो अफ ग्रीनवीचका डेपुटी मेयर जीत रानाभाटले नेपाली नयाँ वर्ष कार्यक्रममा देखिएको विविधताभित्रको एकता गौरवको विषय भएको बताए ।

ससाना बालबालिकाले नेपालको मौलिक कला, संस्कृतिलाई बेलायतमा प्रवर्द्धन् गर्न योगदान गरेको भन्दै उनले प्रशंसा गरे।  

सो अवसरमा ग्रीनवीच बरोका काउन्सिल लिडर एन्थोनी ओकारेकेले स्थाीय समुदायमा नेपालीहरुको बढ्दो सहभागिताको प्रशंसा गर्दै नेपाली कला, संस्कृति अब समग्र ग्रीनवीचकै अभिन्न अंग बनेको उल्लेख गरे ।

आरजीएनएस अध्यक्ष पुण्य रेग्मीले कार्यक्रम सफल पार्न योगदान गर्ने सबैलाई संस्थाको तर्फबाट धन्यवाद दिए ।

कार्यक्रमको दोस्रो सत्रमा राष्ट्रिय कलाकारहरु भूमिका गिरी र यज्ञ विकले सांगीतिक प्रस्तुति गरेका थिए । पासा पुचः गुथिका तर्फबाट ससाना बालिकाले मौलिक कुमारी नाच प्रस्तुत गरेका थिए ।

अध्यक्ष पुण्य रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव ह्यारी गुरुङले गरेका थिए। उपाध्यक्ष मञ्जु भण्डारीले स्वागत मन्तव्य दिएकी थिइन् ।

कार्यक्रम संयोजक उपाध्यक्षद्वय मञ्जु भण्डारी र सुरोज मास्के थिए । कार्यक्रमका लागि कोष संकलनको संयोजन सल्लाहकार राजन खकुरालले गरेका थिए।

सो अवसरमा स्थानीय ग्रीनवीच बरोको काउन्सिल डेपुटी लिडर एभरिल लेकाउ र काउन्सिलरहरुका साथै साउथ इष्ट लन्डनका ग्रीनवीच, बेक्सली, डाटफोर्डदेखि लन्डनसम्मबाट उल्लेख्य संख्यामा संघसंस्थाका प्रतिनिधि, समुदायका अगुवा र दर्शक उपस्थित थिए।

कार्यक्रमको मुख्य प्रायोजक राम कृष्ण अर्याल सञ्चालक रहेको गोर्खा स्क्वायर रेष्टुरेन्ट तथा क्याटरिङ थियो भने गोल्ड स्पोन्सरमा सोलिसिटर दीपक भट्टराई, होम इन्स्टेड सञ्चालक फत्त थापा, टीजी फाइान्सियल सर्भिसका तोया गुरुङ तथा रेड लायन नुडल बारका सञ्चालक सुशील प्रजापति र सुरोज मास्के थिए।

त्यस्तै, माया दिदी रेष्टुरेन्ट, बेलुन नेपाल, एभरेष्ट स्टोर्स, लुम्बिनी स्टोर्स, फाइनवे क्यास एन्ड क्यारी, गोर्खा बियर र काइट टाउन प्लानिङ सोलुसन सिल्भर स्पोन्सर थिए ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू