बुधबार, वैशाख १९, २०८१
04:18 | ०९:०३

लन्डनमा राष्ट्रियसभा सांसद सापकोटालाई गुल्मेलीले गरे सम्मान

नेपाली लिङ्क अप्रिल ८, २०२४


लन्डन- बेलायत भ्रमणमा आएकी राष्ट्रियसभा सांसद विष्णुकुमारी सापकोटालाई यहाँस्थित गुल्मेलीहरुले सम्मान गरेका छन्।

राष्ट्रियसभामा हालै निर्वाचित भएकी उनलाई आइतबार लन्डनमा गुल्मी जिल्ला समाज यूकेका पदाधिकारी एवम् सल्लाहकारहरुले स्वागत तथा सम्मान गरे।

समाजका उपाध्यक्षहरु मञ्जु भण्डारी, वरुण भण्डारी र तारा भट्टराईसहितका पदाधिकारीले पुष्पगुच्छासहित सांसद सापकोटालाई स्वागत गरे। उनलाई समाजको तर्फबाट सम्मानपत्र समेत प्रदान गरियो।

त्यस अवसरमा सांसद सापकोटाले आफूलाई गरिएको स्वागत, सम्मानको लागि धन्यवाद व्यक्त गरिन्। उनले बेलायतमा गुल्मेलीहरुले हासिल गरेको प्रगति देख्न पाउंदा खुशी लागेको बताइन्।

गुल्मी जिल्ला समाज यूकेले गर्दै आएका सामाजिक कामहरुको पनि प्रशंसा गर्दै उनले त्यसलाई निरन्तरता दिन सुझाव दिइन्।

सो अवसरमा समाजका सल्लाहकारहरु विनोद ज्ञवाली, फडिन्द्र भट्टराई, दासुराम पाण्डे, फत्त थापा, चक्रबहादुर रानाका साथै सचिव महलाल घिमिरे, कोषाध्यक्ष मुकुन्द खराल, प्रवक्ता राधा खरेल, डम्मर श्रीष, वसन्त खनालसहित पदाधिकारी, पशुपतिनाथ मन्दिर प्लमस्टिड अध्यक्ष गोपाल अर्याल, चार्ल्टन नेपाली समाज यूके अध्यक्ष सीता अर्याल लगायतको पनि सहभागिता थियो ।

 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू