शुक्रबार, वैशाख २१, २०८१
23:30 | ०४:१५

यूकेका नेपालीलाई अन्तर्राष्ट्रिय क्रिकेटरबाट निशुल्क प्रशिक्षण दिलाउंदै माया क्रिकेट क्लव

नेपाली लिङ्क अप्रिल ६, २०२४

लन्डन । नेपाली युवा व्यवसायीद्वारा सन् २०२४ मा मात्र स्थापना भएको माया क्रिकेट क्लवले नेपाली युवालाई अन्तर्राष्ट्रिय क्रिकेटरबाट निशुल्क प्रशिक्षण दिलाउने भएको छ ।

क्लवले यही अप्रिल १४ तारिख इंग्ल्याण्डका बलर तथा टी २० नम्बर वान रैंक बलर अदिल रसिदबाट ट्रेनिङ दिने भएको हो ।

क्लवले हाउस अफ क्रिकेट एकेडेमीमा सम्पूर्ण खर्च आफैंले बेहोर्ने गरि उक्त ट्रेनिङ उपलब्ध गराउन लागेको क्लवका सञ्चालक सफल युवा व्यवसायी राज पाण्डेले जनाए ।

‘यसका लागि खेलाडीले कत्ति पनि पैसा दिनु पर्दैन । खाना, यातायात, तालिम लगायत खर्च हामी नै बेहोर्छौं’, पाण्डेले भने, ‘क्लवलाई ११ जना प्रायोजकले सहयोग गरेका छन् । ति प्रायोजकहरु एचटिआर केयर, क्याटलिष्ट आइटी कन्सल्टेन्सी, आई कन्सट्रक्सन, द गोर्खा सेन्टर, जिएनएस चार्टर्ड अकाउन्टेन्ट्स, सलाद मास्टर, मोडर्न डोमेष्टिक प्लम्बिङ एण्ड हिटिङ, मामाज् हन्स्लो, आर के अटो वर्कस, रियल ड्रिम्स्, केटिएम ट्राभल्स् एण्ड टुर्स, हाउस क्रिकेट एकेडेमी (एचसीए) प्रति म आभार व्यक्त गर्न चाहन्छु ।’

क्लवले आगामी दिनमा पनि अरु अन्तर्राष्ट्रिय क्रिकेटरहरुबाट कोचिङ गराउने योजना बनाइरहेको पाण्डेले बताए । ‘हामीले छिट्टै पाकिस्तानका कोच तथा पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर साकलेन मुस्ताकसंग पनि सम्झौता गरेर तालिम दिने तयारी गरिरहेका छौं’- पाण्डेले नेपाली लिंकसंग भने ।  

क्लवले प्रत्येक साता ‘लेभल थ्री’ कोचबाट कोचिङ दिइरहेको छ । हाउस अफ क्रिकेट एकेडेमीसंग आवद्ध भएर प्रशिक्षण सेसन र होम ग्राउण्डका रुपमा त्यहां प्राक्टिस पनि भइरहेको उनले बताए ।

खेलाडीको मनोवल उच्च बनाउन वर्षको अन्तिममा उत्कृष्ट खेलाडीहरुलाई ट्रफी तथा नगद पुरस्कार प्रदान गर्ने समेत पाण्डेले बताए ।

माया क्रिकेट क्लवमा ख्याति कमाइसकेका कयौं नेपाली खेलाडी आवद्ध छन् । नेपालका अण्डर १९ पूर्व खेलाडी प्रकाश विष्ट, अण्डर १६ का पूर्व क्याप्टेन दिपेन्द्र चन्द, क्षेत्रीय खेलाडीहरु चन्दन रावल, नवीन तामाङ, एपीएफका पूर्व खेलाडी सचिन शर्मा, बेलायतमै नाम कमाएका अल राउण्डर आशिष कुर्मी लगायत थ्रुपै क्रिकेटर सामेल रहेको पाण्डेले जानकारी दिए ।

माया लिभिङ सपोर्टेडका प्रवन्ध निर्देशक पाण्डे नेपालको क्रिकेट विकासमा निरन्तर लागिरहेका छन् । क्लवले प्रशिक्षण दिनेमात्र नभई विभिन्न लिग पनि खेल्ने जनाएको छ । माया इभेन्ट्सले आउंदो १४ जुलाईमा ‘टी-१०’ गर्ने तयारी गर्दैछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू