शुक्रबार, वैशाख २१, २०८१
23:59 | ०४:४४

लन्डन ग्रिनीच उपमेयर रानाभाटद्वारा हेलसिन्की टाउन काउन्सिलर ताम्राकारलाई स्वागत

नेपाली लिङ्क अप्रिल ५, २०२४

लन्डन – रोयल बरो अफ ग्रिनीचका उपमेयर जीत रानाभाटले युके भ्रमणमा आएकी हेलसिन्की टाउन काउन्सिलकी निर्वाचित काउन्सिलर ब्योमा ताम्राकारलाई स्वागत गरेका छन्।

उपमेयर रानाभाटले काउन्सिलर ताम्राकारलाई शुक्रबार आफ्नो कार्यालयमा स्वागत गरेका हुन्।

उक्त अवसरमा रोयल बरो अफ ग्रिनीच र हेलसिन्की टाउन काउन्सिलबीच सम्भाव्य सहकार्यका क्षेत्रहरुबारे छलफल गरिएको थियो।

“शिक्षा, स्वास्थ्य र वातावरण संरक्षणजस्ता क्षेत्र मात्रै हैन गएको सात वर्षदेखि लगातार विश्वकै सबैभन्दा खुसी मुलुकको रुपमा रहेको फिनल्याण्डबाट हामीले सिक्नुपर्ने कुरा धेरै छन्,” उपमेयर रानाभाटले भने।

रोयल बरो अफ ग्रिनीचमा अंग्रेजी पछि नेपाली सबैभन्दा धेरै बोलिने भाषा भएको भन्दै आतिथेय समुदाय (होस्ट कम्युनिटी) संग घुलमिल गरेर बस्ने नेपाली समुदायको व्यवहारको सबैले प्रशंसा गर्ने गरेको उनले जनाए।

गएको तीन दशकदेखि सपरिवार हेलसिन्कीमा बसोबास गरिरहेकी ब्योमा स्वीडिस पार्टी अफ फिनल्याण्डबाट दोश्रोपटक हेलसिन्की टाउन काउन्सिलको काउन्सिलर पदमा निर्वाचित भएकी हुन्।

भेटघाटमा समाजसेवी कौस्तुभ राज पौड्याल पनि सहभागी थिए।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू