शुक्रबार, वैशाख २१, २०८१
04:35 | ०९:२०

बेलायतमा ६ महिनामा पहिलोपटक घट्यो घरको मूल्य

नेपाली लिङ्क अप्रिल ५, २०२४

लन्डन- बेलायतमा पछिल्लो छ महिनामा पहिलोपटक घरको मूल्यमा गिरावट आएको छ।  

बेलायतको सबैभन्दा ठूलो मोर्गेज् प्रदायक ‘ह्यालिफ्याक्स’ का अनुसार गत मार्च महिनामा घरको मूल्य १ प्रतिशतले घटेको हो।

त्यसअघि फेब्रुअरी महिनामा भने घरको मूल्य शून्य दशमलव ३० प्रतिशतले बढेको थियो।  

अहिले बेलायतमा एउटा घरको औसत मूल्य २ लाख ८८ हजार ४ सय ३० पाउन्ड छ। जुन अघिल्लो महिनाको तुलनामा करिब २९ सय पाउन्डले थोरै हो।

वार्षिक रुपमा तुलना गर्दा भने गत मार्चमा घरहरुको मूल्य शून्य दशमलव ३० प्रतिशतले बढी नै छ।

एक वर्षअघिको तुलनामा फेब्रुअरीमा महिनामा भने घरहरुको मूल्य १ दशमलव ६ प्रतिशतले बढेको थियो ।

आकाशिएको ब्याजदरका कारण बिग्रिएको बेलायतको प्रपर्टी बजार अझै पनि सामान्य अवस्थामा फर्किन सकेको छैन्।

आगामी जुन महिना देखि ब्याजदर क्रमश: घट्दै जाने र त्यसले प्रपर्टी कारोबार बिस्तारै चलायमान बनाउँदै लैजाने अपेक्षा गरिएको छ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू