शनिबार, वैशाख १५, २०८१
14:07 | १८:५२

तमु समाज यूकेको च्यारिटी डिनरमा स्वतस्फूर्त चन्दा संकलन, उद्देश्य सामुदायिक भवन

नेपाली लिङ्क मार्च २९, २०२४

लन्डन । तमु समाज यूकेले आफ्नो सामुदायिक भवन परियोजना सहयोगार्थ तेस्रो च्यारिटी डिनर नाइट गरेको छ ।

गत २३ मार्च शनिबार लन्डन वेम्बलीस्थित ओकिङटन म्यानोर बैंक्विटिङ हलमा कार्यक्रम भव्यताका साथ सम्पन्न भएको हो ।

उक्त कार्यक्रम समाजका अध्यक्ष शिव कुमार गुरुङको अध्यक्षता र बेलायतका लागि नेपाली राजदूत महामहिम ज्ञानचन्द्र आचार्यको प्रमुख आतिथ्यमा भएको थियो ।

कार्यक्रममा रोयल बरो अफ ग्रीनवीच लन्डनका उपमेयर काउन्सिलर जीत रानाभाट, लन्डन बरो अफ बार्नेटका काउन्सिलर कमल गुरुङ, लन्डन बरो अफ हाउन्सलो पूर्व मेयर तथा वर्तमान काउन्सिलर विष्णु गुरुङको विशेष आतिथ्य थियो ।

सो अवसरमा अन्य विशिष्ट अतिथिहरु, विभिन्न संघसंस्थाका अध्यक्ष, प्रतिनिधि र लब्ध प्रतिष्ठित ब्यक्तित्वहरु पनि आमन्त्रित थिए ।

औपचारिक कार्यक्रम महासचिव धरमबल गुरुङले सञ्चालन गरेका थिए भने सचिव सुव घलेले ‘हेल्थ एण्ड सेफ्टी’ बारे जानकारी गराएका थिए ।

अध्यक्ष शिव कुमार गुरुङले स्वागत मन्तब्य राखेका थिए। स्वागत मन्तब्यपछि समाजले शुरु देखि अहिलेसम्म गरेका कार्य र च्यारिटी डनर नाइटको उद्देश्यबारे तयार परिएको वृतचित्र देखाइएको थियो।

कार्यक्रमको शुभारम्भमा अध्यक्ष शिव कुमार गुरुङ, प्रमुख अतिथि राजदूत ज्ञानचन्द्र आचार्य र संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङले संयुक्त रुपमा दीप प्रज्वलन गरेर कार्यक्रम उद्घाटन गरेका थिए।

कार्यक्रम शुरू हुनु पूर्व प्रमुख अतिथि राजदूत आचार्य दम्पतिको आगमन हुँदा अध्यक्ष, संस्थापक अध्यक्ष, आमा समूहकी अध्यक्ष श्रीमति उमा देवी गुरुङसहित पदाधिकारीहरु र अन्य सदस्यहरुले पाइपर धून सँगै स्वागत गरेका थिए।

कार्यक्रम प्रारम्भमा समाजका अध्यक्ष, संस्थापक अध्यक्ष र आमा समूहकी अध्यक्षले राजदूत आचार्य पहिलोपटक तमु समाज यूकेमा उपस्थित भएकाले उनी र श्रीमति सुनिता आचार्यलाई गुरुङ परम्परा अनुसार फेटा, खादा, भाङ्ग्रा र दोसल्ला ओढाई मायाको चिनो समाजको प्लक प्रदान गरेर स्वागत सम्मान गरियो ।

यस पश्चात विभिन्न संघसंस्थाका नव निर्वाचित अध्यक्षहरुलाई बधाई दिइएको थियो ।

नव निर्वाचित अध्यक्षहरु तमु प्ये ल्हु संघ यूके अध्यक्ष क्या. डेमबहादुर योंज तमु, आमा समूह अध्यक्ष बबिता गुरुङ अनि उनको टीम, गैर आवासीय नेपाली संघ यूके अध्यक्ष हितकाजी गुरुङ, गैर आवासीय नेपाली संघ आइसीसी सदस्यद्वय ले. चन्द्र गुरुङ र दिलरास गुरुङ, क्वोने घोताने घोण्डे गुरुङ समाज यूकेका प्रमुख संरक्षक क्या. जीवन कुमार गुरुङ, चेलीबेटी प्रमुख श्रीमति लीना गुरुङ अनि उनको टीम, सहारा यूके अध्यक्ष कृष्ण गुरुङ अनि उनको टीम, लेम लाम्छाने गुरुङ समाजका अध्यक्ष क्या. बालकृष्ण गुरुङ, पोखरेली मञ्च यूकेका अध्यक्ष करम गुरुङ र नेपाली कोअपरेटिभ इन्भेष्टमेन्ट यूके अध्यक्ष मोहन गुरुङलाई अध्यक्ष शिवकुमार गुरुङ र संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङले गुरुङ संस्कार संस्कृति अनुसार फेटा र पछ्यौरा ओढाइ बधाई, स्वागत तथा सम्मान गरेका थिए ।

कार्यक्रममा विभिन्न व्यक्तित्वलाई सम्मान पनि गरिएको थियो भने ‘तमु समाज यूके विशिष्ट संगीत सेवा २०२४’ बाट समाजका आजीवन सदस्य तथा वरिष्ठ गीतकार तथा संगीतकार विक्रम गुरुङ सम्मानित भए ।

विक्रम र धर्मपत्नी इच्छा कुमारी गुरुङलाई प्रमुख अतिथि राजदूत आचार्यको बाहुलीबाट ‘तमु समाज यूके विशिष्ट संगीत सेवा सम्मान ताम्रपत्र’ द्वारा सम्मान गरिएको थियो। अध्यक्ष शिव कुमार गुरुङ र आमा समूहकी अध्यक्ष श्रीमति उमादेवी गुरुङबाट फेटा र पछ्यौरा ओढाई सम्मान गरियो ।

समाजको सामुदायिक भवन परियोजना सहयोगार्थ आयोजित परोपकारी रात्रीभोज कार्यक्रममा उपस्थित संघसंस्था तथा व्यक्तित्वहरुले स्वस्फूर्त रुपमा आर्थिक सहयोग दान गरेका थिए ।

उक्त कार्यक्रममा तमु समाज यूकेका आजीवन सदस्यहरु लगायत विभिन्न संघसंस्था तथा दानवीर १८ परिवारले एक हजार (१०००) पाउण्ड वा सो भन्दा माथि ५३१५ (पाँच हजार तीन सय पन्ध्र) पाउन्डसम्म आर्थिक दान गरेका थिए ।

दानवीर १८ परिवारमा संस्थापक अध्यक्ष श्रीमान चित्र बहादुर गुरुङ तथा श्रीमति जयन्ती गुरुङ, सल्लाहकार श्रीमान क्या.रि. जीवन कुमार गुरुङ तथा श्रीमती दुर्गा देवी गुरुङ, श्रीमान बेन कुमार गुरुङ तथा श्रीमति तारा देवी गुरुङ, श्रीमान लेख गुरुङ तथा श्रीमति हिम देवी गुरुङ, श्रीमान पूर्ण बहादुर घले गुरुङ तथा श्रीमति ठूली माया घले गुरुङ, श्रीमान रक्षे बहादुर गुरुङ तथा श्रीमति जिता गुरुङ, श्रीमान शरण गुरुङ तथा श्रीमति दिव्या गुरुङ, श्रीमति गीता गुरुङ क्षेत्री, श्रीमान डा. विश्वास गुरुङ तथा श्रीमति डा. कञ्चन गुरुङ, श्रीमान धरमबल गुरुङ तथा श्रीमति विजयता गुरुङ, श्रीमति ममता गुरुङ, श्रीमान गुमान सिंह गुरुङ, श्रीमान विक्रम गुरुङ तथा श्रीमति इच्छा कुमारी गुरुङ, श्रीमान काउन्सिलर कमल गुरुङ तथा श्रीमति माया गुरुङ, श्रीमान क्या. कृष्ण प्रसाद गुरुङ तथा श्रीमति राधा गुरुङ ,श्रीमान क्या. जय प्रसाद गुरुङ तथा श्रीमती कुमारी गुरुङ, श्रीमान मे. रि. समुन्द्र गुरुङ तथा श्रीमति ध्रुव गुरुङ र श्रीमान लाल काजी गुरुङ थिए ।

उनीहरुलाई प्रमुख अतिथि राजदूत आचार्य, अध्यक्ष शिवकुमार गुरुङ र आमा समूह अध्यक्ष श्रीमति उमा देवी गुरुङले ताम्रपत्र, फेटा र पछ्यौराले सम्मान गरे ।

३०० देखि ५०० पाउण्डसम्म दान दिने दानवीर ८ परिवारमा श्रीमान जुम प्रसाद गुरुङ तथा श्रीमति पार्वती गुरुङ, श्रीमान जमानसिङ् गुरुङ तथा श्रीमति विजय लक्ष्मी गुरुङ, श्रीमान करम गुरुङ तथा श्रीमती हरिमाया गुरुङ, श्रीमान गणेश बहादुर गुरुङ तथा श्रीमति आस माया गुरुङ (आसु गुरुङ) श्रीमान देव बहादुर गुरुङ, श्रीमान हित काजी गुरुङ तथा श्रीमति सिता (मन्जु) गुरुङ, श्रीमान कुल राज गुरुङ तथा श्रीमति सरस्वती गुरुङ र सोलिसिटर राजु थापा थिए ।

ति दाताहरुलाई उपमेयर काउन्सिलर जीत रानाभाट र काउन्सिलर विष्णु बहादुर गुरुङ, अध्यक्ष शिव कुमार गुरुङ र आमा समूह अध्यक्ष श्रीमति उमादेवी गुरुङले प्रमाण पत्र, फेटा र पछ्यौरा ओढाई सम्मान गरे ।

यसैगरि संस्थागत रुपमा आर्थिक सहयोग गर्ने संस्थाहरुमा तमु धिं यूके, तमु प्ये ल्हु संघ यूके, कोने घोताने घोन्डे तमु समाज यूके, चार भञ्ज्याङ तमु समाज यूके, सहारा यूके, लेम लामछाने तमु समाज यूके, धादिङ नुवाकोट समाज यूके, पोख्रेली मन्च यूके, थाउजन्डस् बुद्ध यूके, बीबीसी यूके, बुद्धिष्ट गुम्बा रेडिङ, डाइमन्ड बुद्धिष्ट सेन्टर यूके, बीबीसी यूके लन्डन ब्रान्च, एनआरएनए यूके, भगेता समाज यूके, थान्को डाँडा समाज यूके, मगर एसोसिएसन यूके वेम्बली ब्रान्च, लमजुङ समाज यूके, तमु कलाकार सांस्कृतिक मन्च यूके, साउथ इष्ट रिजनल तमु धिं लन्डन, बुद्ध फाउन्डेसन यूके, श्री पन्चकोशी आर्थर डाँडा खर्क समाज यूके, पन्चासे समाज यूके, कोल्मा बहाकोट समाज यूके, मर्दिखोला समाज यूके, गोर्खाली समाज यूके, गोर्खा जिल्ला गुरुङ समाज यूके, रुम्जाटार समाज यूके, हिमालयन फाउन्डेसन यूके, कोडेक यूके छन् ।

त्यस्तै ब्यवसायीहरुमा पिपल स्टेट एजेन्ट, एभरेष्ट क्यास एन्ड क्यारी अल्डरसट, एभरेष्ट लिङ्क अल्डरसट, गोर्खा किचेन अल्डरसट, आइएमइ लन्डन, ए-स्टार फाइनान्सियल सोलुसन यूकेले आर्थिक सहयोग गरेका थिए भने अन्य धेरै लब्ध प्रतिष्ठित ब्यक्तित्व, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु र समाजका आजीवन तथा शुभचिनकहरुले पनि आर्थिक सहयोग गरेका थिए । उल्लेखित सबै दाताहरुप्रति आयोजक तमु समाज यूकेले आभार व्यक्त गरेको छ ।

परोपकारी रात्रीभोज कार्यक्रम अधिकतम मनोरञ्जनात्मक बनाउन समाजका आफ्नै कलाकारहरुले कार्यक्रमको बीच बीचमा उत्कृष्ट मनमोहक नृत्यहरू प्रस्तुत गरेका थिए जुन नृत्यलाई कोरियोग्राफर सरु राना गुरुङ, श्रीमति विमला गुरुङ र बिन्दु घले गुरुङले प्रशिक्षण दिएका थिए। कलाकारहरुलाई पनि रोयल बरो अफ ग्रीनवीचका उप मेयर काउन्सिलर जीत रानाभाटले प्रमाणपत्र दिएर सम्मान गरे ।

नृत्य प्रस्तुत गर्ने कलाकारहरुमा माया गुरुङ, बिन्दु घले, विमला गुरुङ, सरु राना गुरुङ, ऋतु गुरुङ, अर्जुन कुमार गुरुङ, उदय गुरुङ, सुविना घले, प्रजु गुरुङ, गोपाल गुरुङ, गौरव गुरुङ, सिद्धार्थ गुरुङ, सुमी गुरुङ, ओसिस राना र डेविड गुरुङ थिए।

कार्यक्रममा आकर्षक पुरस्कार सुनको सिक्री सहितको भाग्योदय चिठ्ठा (राफल ड्र) पनि खेलाइएको थियो । राफल ड्रको पहिलो पुरस्कार पोखरेली मञ्च उपाध्यक्ष पवित्र गुरुङले पाए । उक्त पुरस्कार न्यू लक्ष्मी ज्वेलर्सका प्रोप्राइटर सुश्री लक्ष्मी राईले प्रायोजन गरेकी हुन् ।

यसैगरि, दोस्रो पुरस्कार सुनको चन्द्रमा नवीन एण्ड नवीन ज्वेलर्स अल्डरसटका प्रोपाइटर नवीन सुनारले प्रायोजन गरेका थिए भने तेस्रो पुरस्कार नगद एक सय पाउण्ड श्रीकृष्ण ज्वेलर्स साउथ ह्यारोकी श्रीमती लक्ष्मी गौतमले गरेकी थिइन् । सान्तवना पुरस्कार डिजे विशाल तमाङ र प्रज्ज्वल गुरुङले गरेका थिए ।

कार्यक्रमको उत्तरार्धमा प्रमुख अतिथि राजदूत आचार्यले मन्तब्य दिंदै मातृभूमि नेपालदेखि टाढा रहेर पनि समाजले आफ्नो संस्कार, संस्कृति जीवन्त राख्न र नेपालीहरुको सुख दुःखमा सारथी बन्न सफल भएको भन्दै मुक्तकण्ठले प्रशंसा गरे ।

उनले समाजले आफ्नै सुविधा सम्पन्न भवन बनाउने संकल्पका साथ आयोजना गरेको परोपकारी रात्रीभोज कार्यक्रममा खुला मनले गरिएको सहयोगबाट योजनाले छिट्टै मूर्तरूप लिन सफल हुनेमा आफू विश्वस्त रहेको पनि बताए। त्यसपछि उपाध्यक्ष श्रीमति बिन्दु घलेले धन्यबाद मन्तब्य राखेर कार्यक्रम समापन भएको थियो ।

औपचारिक कार्यक्रम बाहेक अन्य सम्पूर्ण कार्यक्रम निरज गुरुङ र श्रीमति लक्ष्मी गुरुङले बढो दक्षता एवं व्यवसायिक रुपमा सञ्चालन गरेका थिए।

सभ्य र भव्य रूपमा सम्पन्न कार्यक्रमका तस्विरहरु गोर्खा मिडियाका प्रवन्ध निर्देशक मिलन तमु, ओमकार गुरुङ र दिपेश गुरुङले लिएका थिए भने विशन गुरुङले भिडियोग्राफी गरेका थिए।

त्यस्तै कार्यक्रम संयोजन उपाध्यक्ष भिमबहादुर गुरुङले गरेका भने टिकट विक्री वितरण तथा आर्थिक दान संकलन कार्य समाजका कोषाध्यक्ष खेम बहादुर गुरुङ, सह-कोषाध्यक्ष रबिन गुरुङ, सुरक्षा संयोजक बुद्धिबहादुर गुरुङ, आजीवन सदस्य बुद्धिबहादुर गुरुङ र सुबिध गुरुङले गरेका थिए । 

यसै गरि अतिथिहरुलाई स्वागत आमा समूहका अध्यक्ष उमा देवी गुरुङ, उपाध्यक्ष मथुरा गुरुङ र आमा दिदी बहिनीहरु भद्र गुरुङ, पन्जा गरुङ, विष्णुमति गुरुङ, गोमा देवी गुरुङ, मिना गुरुङ, मैता गुरुङ, बिजयता गुरुङ र बिना गुरुङले गरेका थिए। 

अतिथि सत्कार कार्यमा सल्लाहकार सुबसिङ गुरुङ, सल्लाहकार राम चन्द्र गुरुङ, सल्लाहकार ज्ञानबहादुर गुरुङ , सल्लाहकार केदार बहादुर गुरुङ, सल्लाहकार ले. पन्चबहादुर गुरुङले गरेका थिए ।

राफल टिकट विक्री गर्ने कार्यमा सल्लाहकार माया गुरुङ, सल्लाहकार बिजु गुरुङ र आजीवन सदस्य पार्वती गुरुङले सहयोग गरि १३०० पाउन्ड भन्दा बढी संकलन गर्न सफल भएका थिए ।

खाना रारा क्याटरिङले व्यवस्थापन गरेको थियो भने सम्पूर्ण पेय पदार्थ प्रायोजन समाजका आजीवन सदस्य, सल्लाहकार र विभिन्न पदाधिकारीबाट गरिएको थियो ।

अन्तमा सहभागी सबैजना डिजे विशाल मोक्तान र प्रज्ज्वल मान गुरुङको गीत संगीतमा रमाए । च्यारिटी डिनर राती ११ बजेतिर अन्त भएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू