शनिबार, वैशाख १५, २०८१
08:30 | १३:१५

लन्डनमा गोर्खा वार्ता विफल, नेपालमा बेलायती राजदूतले दिए सम्बोधनको आश्वासन

नेपाली लिङ्क मार्च २९, २०२४

लन्डन । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र नेपालका लागि बेलायतका राजदूत रोब फेनबीच भेट भएको छ।

सिंहदरबारमा बिहीबार बिहान भएको भेटमा राजदूत रोबले भूतपूर्व गोर्खा सैनिकले उठाएका मुद्दा सम्बोधन गर्ने आश्वासन दिएको सचिवालयले बतायो। तर, लन्डनमा बुधबार भएको मन्त्रिस्तरिय वार्ता भने निचोडमा पुग्न नसकि सकिएको छ ।

पेन्सन मुद्दामा विस्तृत छलफल भएपनि अर्को पटक फेरि बसेर समाधान पहिल्याउन पहल गर्ने निर्णय भएको वार्ताका सहभागीले बताएका छन् ।

भेटमा गृहमन्त्री लामिछानेले एकसय वर्षभन्दा बढीको घनिष्ठ सम्बन्धमा बेलायतले नेपालको पूर्वाधार विकास, सामाजिक उत्थान, सरकारी तथा गैर–सरकारी निकायको क्षमता अभिवृद्धिमा पुरयाएको सघाउप्रति आभार व्यक्त गरेको उनको सचिवालयले जनाएको छ।

यस्तै विपद् व्यवस्थापन, गोर्खा सैनिक भर्नालगायत विषयमा गरेको सहयोग, सहकार्य र समन्वयका लागि पनि गृहमन्त्रीले आभार व्यक्त गरेका थिए।

भेटका अवसरमा गृहमन्त्रीले लोकतन्त्रको सुदृढीकरण, जलवायु परिवर्तन अनुकूलन, सामाजिक समावेशीकरण, सामाजिक विभेद र वञ्चितीकरण न्यूनीकरणमा समेत बेलायत सरकारसँग थप समन्वय र सहकार्यको अपेक्षा गरेको सचिवालयको भनाइ छ।

राजदूत रोबले जाजरकोट भूकम्पको पुनःनिर्माणमा बेलायत सरकारले अनुदान उपलब्ध गराउने बताएका थिए।

त्यस्तै नेपालको विकास निर्माण साझेदारीताका लागि नयाँ योजना ल्याउने क्रममा रहेको राजदूत फेनले गृहमन्त्रीलाई जानकारी दिएको सचिवालयको भनाइ छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू