शनिबार, वैशाख १५, २०८१
09:26 | १४:११

बुधबार बेलायती रक्षा मन्त्रालयमा गोर्खा वार्ता चल्दा बाहिर शान्तिपूर्ण प्रदर्शन गरिंदै

नेपाली लिङ्क मार्च २६, २०२४

फाइल तस्विर

लन्डन- भूतपूर्व गोर्खाहरुको मागका विषयमा अर्को चरणको त्रिपक्षीय वार्ता बुधबार हुंदैछ । लन्डनस्थित बेलायती रक्षा मन्त्रालयमा दिउंसो दुई बजेदेखि साढे तीन बजेसम्म वार्ता हुंदैछ ।

बेलायत तथा नेपालका सरकार र भूतपूर्व गोर्खा प्रतिनिधिसमेत सहभागी हुने वार्तामा यसपटक गोर्खाहरुको प्रमुख माग पेन्सनले प्राथमिकता पाउने भएको छ ।

अहिलेसम्मका वार्तामा सहमतिका लागि सबैभन्दा पेचिलो बन्दै आएको पेन्सन मुद्धामै वार्ता हुन लागेकाले यसपटकको वार्तालाई झनै महत्वका साथ हेरिएको छ ।

यसैबीच, बुधबार बेलायती रक्षा मन्त्रालयभित्र गोर्खा वार्ता चलिरहंदा बाहिर गोर्खाहरुले शान्तिपूर्ण प्रदर्शन गर्ने भएका छन् ।

गोर्खा सत्याग्रह संघर्ष समिति यूकेकी महासचिव सइन्द्र केसीले वार्ताका पक्षमा सकारात्मक माहोल बनाउन शान्तिपूर्ण प्रदर्शन गर्न लागिएको जानकारी दिइन् ।

वार्तामा जानेहरुको आँट र हौसला बढाउन भन्दै सत्याग्रहले वार्ता शुरु हुनु आधा घण्टाअघि दिउँसो साढे एक बजेसम्म रक्षा मन्त्रालयबाहिर भेला हुन सम्पूर्ण गोर्खा एवम् शुभेच्छुक सबै नेपाली र संघसंस्थाका प्रतिनिधिलाई आव्हान गरेको छ ।

वार्तामा नेपाल सरकारका तर्फबाट राजदूत ज्ञानचन्द्र आचार्य, परराष्ट्र मन्त्रालय अन्तर्गत युरोप अमेरिका महाशाखा प्रमुख सहसचिव गणेश ढकाल, सैनिक सहचारी कर्णेल अनुप शाह र उपनियोग प्रमुख रोशन खनाल सहभागी हुनेछन् भने बेलायती पक्षबाट भेट्रान एण्ड पिपुल मिनिष्टर डा. एन्ड्रयू मरिसन सहभागी हुंदैछन्।

गोर्खाका तर्फबाट मेजर जुदबहादुर गुरुङ, गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राई, गेसो उपसभापति धर्म तामाङ, नेसा अध्यक्ष केशबहादुर गुरुङ, बिजिडब्लुएस् अध्यक्ष मेजर रि. टिकेन्द्र दल देवान र अनसनकर्ता ज्ञानराज राईले भाग लिंदैछन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू