शनिबार, वैशाख १५, २०८१
08:26 | १३:११

राष्ट्रलाई एकताबद्ध गर्न राष्ट्रियसभाको भूमिका अपरिहार्य : दाहाल

रासस मार्च २६, २०२४

चितवन । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सिङ्गो राष्ट्रलाई एकताबद्ध गर्ने महत्त्वपूर्ण जिम्मेवारी राष्ट्रियसभाको भएको बताएका छन् ।

भरतपुर महानगरपालिकाले मङ्गलबार आयोजना गरेको सम्मान कार्यक्रममा उनले तीन तहको सरकारलाई एकताबद्ध गर्दै अघि बढाउने काम राष्ट्रियसभाको रहेको भन्दै त्यो दिशामा सभालाई लैजान आफू लागिपर्ने बताए ।

उनले भने, “सबैलाई एकताबद्ध गर्दै आवश्यक ऐनकानुन निर्माणमा राष्ट्रियसभाको भूमिका महत्वपूर्ण छ ।”

तीन तहका सरकारबीच समन्वयकारी भूमिका खेल्दै स्थानीय तहको समस्या समाधानमा सङ्घीय सरकारलाई सहयोगी बन्ने उनको भनाइ थियो ।

संविधानले राष्ट्रियसभालाई दिएको अधिकार र दायराबारे आम जनमानसमा जानकारी गराउन अफ्नो कार्यकाल फलदायी हुने विश्वास उनले व्यक्त गरे । राष्ट्रियसभालाई अहिले प्रतिनिधिसभाको छायाँका रुपमा लिने गरिएको भन्दै उनले त्यस्तो नभएको बताए ।

उनले भने, “राष्ट्रियसभाको महत्व बुझाउन जरुरी छ ।” आफ्नो कार्यकालमा राष्ट्रियसभाको गौरवलाई सुनिश्चित गर्न लाग्ने उनले बताए ।

अहिलेको संविधान कार्यान्वयनका लागि धेरै कानुनहरु बन्न आवश्यक रहेको बताउँदै उनले ती कानुन बनाउन सरकारलाई झकझक्याउन आफूले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले स्थानीय तहमा देखिएका समस्या समाधान गर्न राष्ट्रियसभाले भूमिका खेल्नुपर्नेमा जोड दिइन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू