शनिबार, वैशाख १५, २०८१
12:39 | १७:२४

डा. सुदर्शन गुरुङ ब्रिटिश आर्मीमा सिधै मेजर बन्ने पहिलो गोर्खा

नेपाली लिङ्क मार्च २३, २०२४


लण्डन- डा. सुदर्शन गुरुङ ब्रिटिश आर्मीमा सिधै मेजर रैंकमा कमिशन प्राप्त गर्ने पहिलो गोर्खा बनेका छन्   

बेलायतको इतिहासमा गोर्खाहरु विगत दुईसय ८ वर्षदेखि सेनाको अन्य रैंकमा भर्ती भएर सेवाकालमा अफिसर तहमा पुगेर सेवा निवृत्त भएपनि सिधै मेजर तहमा कमिशन प्राप्त गर्ने गुरुङ गोर्खा समुदायबाट पहिलो बनेका हुन् ।  

बुवा सुमलकुमार गुरुङ र आमा सारादेवी गुरुङको कोखबाट सन् १९८७ सालमा जन्मिएका सुदर्शन पर्वत मोदी गाउंपालिका ८, चित्रेका स्थायी बासिन्दा हुन् । सुदर्शनले सन् २०१० मा नेपाल मेडिकल कलेजबाट एमबीबीएस पास गरेपछि सन् २०१२ मा बेलायत आएर चिकित्सा सेवा गर्न थाले । 

उनले चिकित्सा सेवामा संलग्नता रहे पश्चात एमआरसीपी (एम.डी. तह) र त्यसपछि एफआरसीपी (ह्यामोटलाजी कन्सल्ट्यान्टतहको अध्ययन पूरा गरेर चिकित्सा क्षेत्रमा कार्यदक्षता हासिल गर्दै आएका थिए । 

बेलायतको चिकित्सा क्षेत्रमा नेपाली समुदायबाट सबैभन्दा कम उमेरमा केन्टस्थित मिडवे अस्पताल, जिलिङहाममा क्यान्सर विभाग प्रमुख हुने श्रेय पनि डा. सुदर्शनलाई जान्छ । 


कलिलै उमेरदेखि आफ्नो अध्ययन र सेवामा दत्तचित्त भई अघि बढिरहेका मेजर गुरुङले चिकित्सा क्षेत्रमा धेरै कल्याणकारी काम पनि गरिसकेका छन् । 

नेपालमा महाभूकम्प जांदा डा. कपिल रिजालसहित डाक्टरहरुको समूहमा अघिल्लो पंक्तिमा उभिएका गुरुङले बेलायतमा स्वास्थ्य शिविरहरुमा सक्रिय भूमिका निभाउँदै आएका छन् । 

उनले आफ्नै प्रयासमा केही आर्थिक रकम संकलन गरेर नेपालको मुसहर वस्तीमा स्वास्थ्य शिविर गरि गरिव निमुखाहरुका लागि निःशुल्क सेवा र मेडिसिन उपलब्ध गराएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू