शनिबार, वैशाख १५, २०८१
11:16 | १६:०१

खेलकुदमन्त्री र आइसीसी अध्यक्षबीच भेटघाट

रासस मार्च २०, २०२४

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री बिराजभक्त श्रेष्ठ र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) का अध्यक्ष ग्रेग बार्कलेबीच बुधबार युवा तथा खेलकुद मन्त्रालय, सिंहदरबारमा भेटघाट भएको छ ।

भेटघाटमा उनीहरुबीच नेपाली क्रिकेटको विकास र अभिवृद्धिबारे विशेष कुराकानी भएको थियो । 

नेपालमा क्रिकेटको बढ्दो लोकप्रियता र अन्तर्राष्ट्रिय मञ्चमा यसको महत्वलाई पहिचान गर्दै नेपालको क्रिकेट विकासको प्रयासलाई सहयोग गर्न आइसीसी उत्साहित र प्रतिबद्ध रहेको अध्यक्ष बार्कलेले बताए।

मन्त्री श्रेष्ठले आइसीसीको सहयोगलाई स्वागत गर्दै क्रिकेटलाई युवा सशक्तिकरण र राष्ट्रिय गौरवको माध्यमका रूपमा प्रवर्द्धन गर्न मन्त्रालय अडिग रहेकोमा जोड दिए ।

अध्यक्ष बार्कले चारदिने नेपाल भ्रमणमा नेपाल आएका हुन् । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू