सोमबार, वैशाख १७, २०८१
16:41 | २१:२६

एनआरएनए इंग्ल्यान्डका नवनियुक्त सल्लाहकार र कार्यसमिति सदस्यको स्वागत

नेपाली लिङ्क मार्च १९, २०२४

लन्डन- गैरआवसीय नेपाली संघ (एनआरएनए) इंग्ल्यान्ड राज्य समन्वय परिषदले नवनियुक्त सल्लाहकार एवम् कार्यसमिति सदस्यहरुलाई स्वागत गरेको छ।

सोमबार प्लमस्टिड कमनस्थित् ‘क्यापिटल नुडल्स बार’ मा एक कार्यक्रमबीच हालै मनोनित १५ सल्लाहकार एवम् कार्यसमिति सदस्यलाई औपचारिक स्वागत गरिएको हो।

नवनियुक्त सल्लाहकारहरुलाई परिषद अध्यक्ष शम्भुप्रसाद अर्याल र विशेष अतिथि स्थानीय रोयल ग्रीनवीच बरोका उपमेयर जीत रानाभाटले खादा तथा प्रमाणपत्रसहित स्वागत गरेका थिए।  

परिषदको सल्लाकारमा गीता भट्टराई, बीर बलाल, प्रविन खराल, इश्वरीप्रसाद कंडेल, कमल बस्याल, आनन्द धरेल, लिला रेग्मी, माधव श्रेष्ठ, सीता अर्याल, सुरेश केसी, खिम गौतम, रूपा गुरुङ, सरिता गुरुङ, हुमकुमारी गुरुङ र इश्वरी गुरुङ छन्।

त्यस्तै, कार्यसमितिको रिक्त सदस्य पदमा धनप्रसाद गुरुङ र अर्जुन केसी मनोनित भएका छन्।

सल्लाहकारहरुलाई स्वागत गर्दै परिषद अध्यक्ष शम्भुप्रसाद अर्यालले समाजको विभिन्न क्षेत्रका अनुभवी तथा योगदान गरेका पात्रहरुलाई सल्लाहकार मनोनित गरिएको जानकारी गराए।

सल्लाहकारहरुको उचित मार्गदर्शनबाट संस्थालाई सहि दिशामा अघि बढाउन तथा गैरआवासीय नेपालीहरुको नागरिकता निरन्तरता अभियानलाई प्रभावकारी ढंगले लैजान समेत लाभ पुग्ने विश्वास उनले व्यक्त गरे।  

विशेष अतिथि स्थानीय रोयल ग्रीनवीच बरोका उपमेयर जीत रानाभाटले संस्थामा सल्लाहकारहरुले खेल्नुपर्ने भूमिका कस्तो हुनुपर्छ भन्नेबारे स्पष पारे। उनले एनआरएनए इंग्ल्याण्डले गर्दै आएका कामहरुको प्रशंसा गरे।


सो अवसरमा नवनियुक्त सल्लाहकारहरुको तर्फबाट आनन्द धरेलले मन्तव्य राख्दै एनआरएनए इंग्ल्याण्डसँग सहकार्य गर्दै अघि बढ्न उत्सुक रहेको उल्लेख गरे।

सल्लाहकार लिला रेग्मीले पहिलोपटक कुनै संस्थामा आबद्ध भएको जनाउँदै सक्दो योगदानको प्रतिवद्धता गरिन्।

परिषदका अध्यक्ष अर्यालले अध्यक्षता गरेको कार्यक्रम सञ्चालन परिषदकी सचिव अन्जु कुंवरले गरेकी थिइन्।

सो अवसरमा सहसजिव बलराम सुबेदी, कोषाध्यक्ष राममाया विष्ट, सहकोषाध्यक्ष भिम बालन, सदस्य तुलसी सापकोटा लगायत सल्लाकारहरू आनन्द धरेल र श्रीमती लिला रेग्मी, आरजीएनएस अध्यक्ष पून्य रेग्मी, नोटिङहम समाजका सचिव पदम गोलेलगायतको उपस्थिति थियो।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू