आइतबार, वैशाख १६, २०८१
01:23 | ०६:०८

नेपालको वाफ च्याम्पियनसीप जित्ने सपना अधुरै, जोर्डन विजयी

नेपाली लिङ्क फ्रेब्रवरी २९, २०२४

लन्डन- वाफ वुमन्स च्याम्पियनसीप उपाधि जित्ने नेपालको सपना अधुरो बनेको छ।

बिहीबार राति सम्पन्न प्रतिस्पर्धात्मक फाइनलमा जोर्डनसँग टाइब्रेकरमा पराजित भएपछि इतिहास रच्ने अवसरबाट नेपाल चुकेको हो।

नेपाललाई टाइब्रेकरमा ५–३ ले हराउँदै जोर्डन छैठौँपटक प्रतियोगिताको च्याम्पियन बन्यो। ट्राइब्रेकरमा नेपालको तर्फबाट अमृता जैसीको प्रहार रोकिएको थियो ।

त्यसअघि निर्धारित समय २–२ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो। 

नेपालले २९ औँ मिनेटमा सविता रानामगरले गरेको पहिलो गोलबाट खेलमा अग्रता लिएको थियो। ७३ औँ मिनेटमा जोर्डनले गोल गर्दै खेल बराबरीमा ल्याएको थियो । ८८ औँ मिनेटमा दोस्रो गोल गरेर जीत नजिक पुगेको जोर्डनलाई इन्जुरी समयमा प्राप्त पेनाल्टीमा गोल गर्दै नेपालकी गिता रानाले बराबरी गरेकी थिइन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू