शनिबार, साउन १२, २०८१
06:26 | ११:११

बेलायतका लागि नेपालको पर्यटन प्रवर्द्धक नियुक्त भए सापकोटा

नेपाली लिङ्क फ्रेब्रवरी २९, २०२४


लन्डन- बेलायतस्थित एनआरएनए अभियन्ता सोम सापकोटा नेपाल सरकारको पर्यटन प्रवर्द्धक (दूत) नियुक्त भएका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सापकोटालाई बेलायतका लागि प्रवर्द्धक नियुक्त गरेको हो।

यसअघि वेल्सका लागि पर्यटन दूत रहेका उनले यसपटक बेलायतको जिम्मेवारी पाएको नेपालीलिंकलाई जानकारी दिए।

सरकारले विभिन्न मुलुकमा जम्मा २९ जनालाई पर्यटन प्रवर्द्धक नियुक्त गरेको छ। यसअघि पर्यटन दूत भन्ने गरिएकोमा यसपटक कार्यविधि परिवर्तन गरेर ‘पर्यटन प्रवर्द्धक’ नियुक्त गरिएको हो।

बेलायतका लागि पर्यटन प्रवर्द्धक नियुक्त सापकोटाले विगतमा  डेनमार्क, माल्टा र वेल्समा पर्यटन दूत भएर काम गरिसकेका छन्। 

गैरआवासीय नेपाली संघ (एनआरएनए) केन्द्रीय परिषदमा हाल उपमहासचिव रहेका उनले एनआरएनएको नेपाल पर्यटन प्रवर्द्धन समितिमा सन् २००९ देखि अहिलेसम्म पनि निरन्तर सहसंयोजक र संयोजकको भूमिका निर्वाह गर्दै आएका छन्।  

सापकोटा लुम्बिनी सांस्कृतिक नगरपालिकाको अन्तराष्ट्रिय संयोजक, भिजिट भरतपुर २०२४ अभियानको संयोजक तथा ‘युरोप नेपाल चेम्बर अफ कमर्स फर टुरिजम’ का महासचिव पनि हुन्। 

नेपालको पर्यटन प्रवर्द्धनका लागि विभिन्न प्लेटफर्महरुमार्फत् लामो समयदेखि क्रियाशिल उनले नेपालमा होटेल व्यवसाय सञ्चालन गर्दै आएका छन्।

नेपाल सरकारको पर्यटन प्रवर्द्धकका रुपमा आफ्नो मुख्य कर्तव्य नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउनु रहने सापकोटा बताउंछन्।  

‘पर्यटन प्रवर्द्धनका लागि  बेलायत र नेपालबीच ‘पिपल टु पिपल’ सम्बन्ध विस्तार गर्ने, पर्यटन बोर्डका कार्यक्रमहरु सफल पार्न सहयोग तथा सहजीकरण गर्ने, नेपाल सरकार, पर्यटन बोर्ड तथा बेलायतमा दूतावाससँग समन्वय गरि प्रवर्द्धनात्मक कार्यहरु गर्ने जस्ता मुख्य जिम्मेवारीमा म केन्द्रित हुनेछु’, उनले नेपालीलिंकलाई भने।

कुन देशमा को ?

 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू