बिहीबार, वैशाख २०, २०८१
11:23 | १६:०८

लन्डनका नेपाली युवाबीच फुटबल भिडन्त, वीनर बन्यो फेल्थाम एफसी

नेपाली लिङ्क फ्रेब्रवरी २८, २०२४


लण्डन- तमु समाज यूकेको युवा समूहले लण्डनमा सेभेन ए साइड फुटबल प्रतियोगिता आयोजना गरेको छ ।

शनिबार लण्डन सडबरीस्थित भेल फार्म स्पोर्टस् सेन्टरमा फुटबल प्रतियोगिता भएको हो । बिहान १० बजे सुरु भएर अपराह्न ४ बजेसम्म चलेको उक्त प्रतियोगितामा ८ टोलीले उत्साहपूर्वक भाग लिएका थिए । 

प्रतियोगितामा लिग र नकआउट हुँदै फाइनल खेल भएको थियो। तीव्र प्रतिस्पर्धापछि फाइनलमा फेल्थाम एफसी र हेज एफसी आमनेसामने भए । 

खेल अत्यन्तै रोचक भइरहंदा  फेल्थहाम एफसीले उत्कृष्ट खेल प्रदर्शन गरि प्रथम पुरस्कार जित्न सफल भयो भने हेज एफसी उपविजेता बन्यो । 

प्रतियोगितामा विजेता टिमले २०० पाउण्ड नगद पुरस्कारका साथै ट्रफी र मेडल प्राप्त गर्‍यो भने उपविजेता टिमले १०० पाउण्ड नगद पुरस्कार प्राप्त गर्‍यो । 

यसैगरि फेल्थाम एफसीका सुदीप गुरुङ प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए भने हेज एफसीका स्माइल नेपाली सर्वाधिक गोलकर्ता घोषित भए । उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता दुवैलाई ट्रफी प्रदान गरिएको थियो । 


प्रतियोगितापछि खेलाडी र समर्थकहरु बरहाम पार्क वेम्बलीस्थित तमु समाज यूके कम्युनिटी सेन्टरमा भेला भएका थिए । सोही अवसरमा विजयी टोलीलाई पुरस्कार वितरण गरियो।

तमु समाज यूकेका महासचिव धर्मवल गुरुङले विजेता र उपविजेता टिमलाई पुरस्कार प्रदान गरे । उक्त प्रतियोगिताको ट्रफी र मेडल प्रायोजन रारा क्याटरर्सका प्रोप्राइटर प्रताप रायमाझी तथा नगद पुरस्कार प्रायोजन तमु समाज यूके आमा समूहकी पूर्वअध्यक्ष माया गुरुङ र तमु समाज यूके अध्यक्ष शिवकुमार गुरुङले गरेका थिए ।

पुरस्कार वितरण पस्चात महासचिव गुरुङले प्रतियोगिता सफल गर्न सहयोग गर्ने सबै टिमका खेलाडी, स्वयंसेवक, समर्थक र प्रायोजकहरुप्रति आभार व्यक्त गरेका थिए । 

उनले युवा समूहका अध्यक्ष ओमकार गुरुङ र उपाध्यक्ष प्रज्ज्वलमान गुरुङले लन्डन वरपरका युवाका लागि फुटबल प्रतियोगिता आयोजना गरेकोमा विशेष धन्यवाद दिए ।

तमु समाज यूकेले खेल र सामुदायिक भावनामार्फत युवालाई सहयोग र थप सशक्तिकरणमा साथ दिंदै आएको छ। 


कार्यक्रममा सहभागी सबैलाई रारा क्याटरर्सले स्वादिष्ट बफेट सेवा प्रदान गरेको थियो भने सुरेश घले र युवा समूहले कार्यक्रम र पेयपदार्थ र कार्यक्रम स्थलको ब्यवस्थापन मिलाएका थियो। 

फुटबल प्रतिययोगिताको फोटोग्राफी समाजका युवा सदस्य टेक गुरुङले गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू