आइतबार, ३० अगस्ट, २०२६
03:17 | ०८:०२

अन्तिम मिनेट गोलले लेवनानलाई हराउँदै नेपाल वाफ च्याम्पियनसीप फाइनलमा

नेपाली लिङ्क फ्रेब्रवरी २७, २०२४

काठमाडौँ- रोमाञ्चक खेलमा लेवनानलाई हराउँदै नेपाल वाफ महिला च्याम्पियनसीपको फाइनल प्रवेश गरेको छ। 

मंगलबार साउदी अरबको जेद्दाहस्थित किंग अब्दुलाह स्पोर्ट्स सिटी स्टेडियममा नेपालले लेवनानलाई २-१ ले पराजित गरेको हो।

दोस्रो हाफको अतिरिक्त समयको अन्तिम मिनेटमा उत्कृष्ट गोल गर्दै प्रिती राईले नेपाललाई जीत दिलाइन्।

त्यसअघिखेलको ३८ औं मिनेटमा पूजा रानाको आत्मघाती गोलपछि लेवनानले अग्रता लिएको थियो। खेलको ७६औं मिनेटमा साबित्रा भन्डारी (साम्बा) ले गोल गर्दै नेपाललाई बराबरीमा फर्काएकी थिइन्।

अब नेपालले प्रतियोगिताको उपाधिका लागि दुई दिनपछि जोर्डनसँग खेल्नेछ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू