मंगलबार, माघ ८, २०८१
00:52 | ०६:३७

लन्डन पशुपतिनाथ मन्दिरमा साङ्ग्यता पूजासहित स्वस्थानी व्रतकथावाचन समापन

नेपाली लिङ्क फ्रेब्रवरी २४, २०२४

लन्डन- साउथ इष्ट लन्डनस्थित पशुपतिनाथ मन्दिरमा विशेष धार्मिक कार्यक्रमसहित स्वस्थानी व्रतकथा समापन गरिएको छ। 

विगत एक महिनादेखि श्री स्वस्थानी व्रत अवधिभर निरन्तर गरिएको कथावाचन शनिबार साङ्ग्यता पूजासहित समापन गरिएको हो।

मन्दिरका पण्डित ज्योतिषी निलहरि घिमिरेले स्वस्थानीको अन्तिम अध्याय वाचनसंगै साङ्ग्यता पूजा गरी समापन गरिएको जानकारी दिए। उनले गत एक महिनाभर हरेक दिन मन्दिरमा स्वस्थानी कथावाचन गरिएको पनि बताए ।

अधिकांश दिन ज्योतिषी घिमिरे आफैले कथावाचन गरेका थिए भने केही दिन उनलाई पण्डितहरु विनोद पन्थी र कृष्ण चैतन्यले साथ दिएका थिए ।  

स्वस्थानी कथा सुन्न कयौं भक्तजनहरु दिनहुं मन्दिरमा आउने गर्थे भने फेसबुक लाइभमार्फत् पनि धेरैले कथा सुनेका थिए।

मन्दिर व्यवस्थापन समिति अध्यक्ष गोपाल अर्यालले स्वस्थानी व्रतकथा अवधिभर नियमित कथावाचन गर्ने पण्डितहरु, श्रद्धालु भक्तजन, स्वयमसेवक, मन्दिर समितिका पदाधिकारी एवम् प्रसाद वितरण गर्ने सबै श्रद्धालुहरुलाई धन्यवाद  ज्ञापन गरेका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू