बेलायती राजा चार्ल्सले भने- क्यान्सरपछि प्राप्त शुभेच्छाले मलाई रुवायो
लन्डन–क्यान्सर रोगबाट पीडित बेलायती राजा चार्ल्स तृतीय संसारभरबाट प्राप्त शुभेच्छाहरुबाट भावुक बनेका छन्।
बुधबार बेलायतका प्रधानमन्त्री ऋषि सुनकसंगको भेटमा उनले प्राप्त स्नेह र शुभकामना सन्देशहरुले आफूलाई निकै प्रभावित र भावुक बनाएको उल्लेख गरेका छन्।
‘मलाई क्यान्सर लागेको थाहा पाएपछि आएका सबै शुभकामना सन्देशहरुप्रति धेरै आभारी छु । ती शुभेच्छाहरुले मलाई सांच्चिकै रुवायो’, राजा चार्ल्सले प्रधानमन्त्री सुनकसंग भने ।
प्रधानमन्त्री सुनकले पनि राजालाई ठीक अवस्थामा देख्दा खुशी लागेको बताएका थिए।
केहि साताअघि मात्रै प्रोस्टेटसम्बन्धि उपचारका क्रममा राजा चार्ल्समा क्यान्सर फेला परेको थियो । त्यसयता सार्वजनिक भूमिकाहरु स्थगित गरेका राजाले राज्यको प्रमुखका रुपमा औपचारिक जिम्मेवारी भने यथावत् राखेका छन् ।
बकिंगहम दरबारले राजा चार्ल्सलाई क्यान्सर भएको सूचना सार्वजनिक गरेसंगै उनको स्वास्थ्यलाभको कामना गर्दै संसारभरबाट शुभकामनाको ओइरो लागेको थियो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५