आइतबार, वैशाख २३, २०८१
18:19 | २३:०४

स्कटल्याण्डमा लन्डन दूतावासको घुम्ती सेवा, डेढ सयले लिए लाभ

नेपाली लिङ्क फ्रेब्रवरी २०, २०२४

लन्डन- लन्डनस्थित नेपाली दूतावासले स्कटल्यान्डमा घुम्ती सेवा सञ्चालन गरेको छ ।  

सोमबार एकैदिन स्कटल्यान्डका फाइफ र एबर्डिन पुगेर दूतावासले स्थानीय नेपालीलाई सेवा दिएको हो।

एनआरएनए राज्य समन्वय परिषद स्कटल्याण्डसंगको सहकार्यमा दूतावासका घुम्ती सेवा सञ्चालन भएका हुन्। जसबाट फाइफ र एबर्डिनमा गरी करिब डेढ सय स्थानीय नेपाली लाभान्वित् भएको एनआरएनए स्कटल्यान्ड अध्यक्ष दिवाकर पाण्डेले नेपालीलिंकलाई जानकारी दिए।


घुम्ती सेवामा पासपोर्ट, भिसा, यात्रा अनुमतिपत्र, एनआरएनए कार्ड, वारेसनामा लगायतका सेवा उपलब्ध गराइएको थियो।त्यस अवसरमा सेवाग्राहीहरुलाई अबेर मध्यरातसम्म सेवा दिइएको थियो।

स्कटल्यान्डमा घुम्ती सेवाका लागि लन्डन दूतावासबाट थर्ड सेक्रेटरी पुजन पाण्डे खटिएकी थिइन्। एनआरएनए स्कटल्यान्ड, नेप्लिज् हिमालयन एशोसिएसन एबर्डिनसहित स्थानीय नेपाली संघसंस्थाका प्रतिनिधि र सामाजिक अभियन्ताहरुले स्वयमसेवकका रुपमा सहयोग गरेका थिए। 

घुम्ती सेवाले स्कटल्यान्डवासी नेपालीहरुलाई सहज ढंगले दूतावासका सेवा उपलब्ध गराएको भन्दै एनआरएनए स्कटल्यान्ड अध्यक्ष दिवाकर पाण्डेले घुम्ती सेवामा योगदान गर्ने दूतावास, कर्मचारी र एनआरएनए एवम् अन्य संघसंस्थाका प्रतिनिधि समेतलाई धन्यवाद दिएका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू