सोमबार, वैशाख २४, २०८१
11:50 | १६:३५

‘भ्यालेन्टाइन डे’ को अवसरमा लन्डनबाट नयां म्यूजिक भिडियो

नेपाली लिङ्क फ्रेब्रवरी १३, २०२४

लन्डन । प्रणय दिवस (फेब्रुअरी १४) को पूर्व सन्ध्यामा लन्डनमा बनाइएको नयां म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

प्रणय दिवसलाई लक्षित गर्दै मायालु जोडीहरूका लागि ‘तिम्रो मिठो मुस्कान’ गीतमा भिडियो बनाइएको हो ।

लन्डनका चर्चित युवा निर्देशक कुशल श्रेष्ठको छायांकन, सम्पादन र निर्देशनमा मन इन्टरटेन्मेन्टले म्यूजिक भिडियो प्रस्तुत गरेको हो ।

म्यूजिक भिडियोमा मिसेस नेपाल यूके २०२२ निष्मा बन र सजिन श्रेष्ठले अभिनय गरेका छन् ।

भिडियोमा लन्डनका विभिन्न लोकेशनमा कलाकारहरुको रोमाञ्चक दृश्य आकर्षक देखिन्छ । भिडियो विगतका जस्तै स्तरिय बनेको बताउंदै श्रेष्ठले आफ्नो प्रियजनलाई यही गीतमार्फत भ्यालेन्टाइन डे ‘वीस’ गर्न पनि अनुरोध गरे ।

निर्देशक श्रेष्ठले प्रणय दिवसका अवसरमा प्राय वर्षेनी म्यूजिक भिडियो पस्कंदै आएका छन् । बेलायतमा म्यूजिक भिडियो निर्देशनमा अधिपत्य जमाइरहेका श्रेष्ठ ‘फूलटाइम’ यसैमा व्यस्त छन् ।

गीत सौगातजंग थापा र सुरक्षा सेन्चुरीले गाएका छन् भने संगीत सौगातकै छ । एरेन्ज विशाल निरौला र गीत लेखन बाबुराम श्रेष्ठले गरेका हुन् । भिडियोमा मेक अपको जिम्मेवारी अम्बिका अधिकारीले निर्वाह गरेकी छन् ।

भिडियोः

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू