सोमबार, वैशाख २४, २०८१
12:52 | १७:३७

चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसी लन्डनमा

नेपाली लिङ्क फ्रेब्रवरी ९, २०२४

लन्डन- नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष एवम् ‘सुपरस्टार’ भुवन केसी लन्डन आइपुगेका छन्। शनिबार लन्डनमा आयोजना हुने नेपाली चलचित्रसम्बन्धि एक अन्तरक्रियामा भाग लिन उनी शुक्रबार लन्डन आइपुगेका हुन्।

हिथ्रो विमानस्थलमा उत्रिंदा अध्यक्ष केसीलाई बेलायतवासी चलचित्रकर्मी सनमकुमार वैरागले स्वागत गरेका थिए । केसीसंगै गायिका सरु थापा पनि लन्डन आइपुगेकी छन्।

नेश्नल डेल्फिक काउन्सिल नेपालको आयोजनामा लन्डन ह्यारोस्थित केटिएम क्लबमा शनिबार अन्तरक्रिया हुन लागेको हो। सो अवसरमा चलचित्र विकास बोर्डका वर्तमान अध्यक्ष केसी विशेष अतिथिका रुपमा सहभागी हुनेछन्। 

लन्डन आइपुगेपछि केसीले उक्त कार्यक्रमले नेपाली चलचित्र क्षेत्रको विकास र अन्तराष्ट्रियकरणमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे। बेलायतमा नेपाली चलचित्रका धेरै शुभचिन्तक रहेको उल्लेख गर्दै उनले कार्यक्रम सफल हुने आशा लिएको बताए।  

कार्यक्रममा अन्तरक्रियाका साथै नेपाली चलचित्र ‘हल्कारा’ को विशेष प्रदर्शनी गरिने तथा नेपालका ‘सुटिङ डेस्टिनेसन’ बारे चलचित्र विकास बोर्डले तयार गरेको सामग्री देखाइनेलगायत कार्यक्रम रहेको आयोजक काउन्सिलका उपाध्यक्ष पत्रकार जीवन पराजुलीले नेपालीलिंकलाई बताए।

कार्यक्रममा भाग लिन आयोजक काउन्सिल अध्यक्ष श्रीदेव बिएलसहित निर्देशक, कलाकार, प्राविधिकहरुसहित एक दर्जन चलचित्रकर्मी लन्डन आएको जनाइएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू