बिहीबार, वैशाख २०, २०८१
07:57 | १२:४२

रेखाको शब्दमा रामजी र मेलिनाले गाए ‘कसम तोड्नी भा’ (भिडियो)

नेपाली लिङ्क फ्रेब्रवरी ९, २०२४

लन्डन- बेलायतको नेपाली समुदायमा परिचित समाजसेवी रेखा खरेल गीतकारका रुपमा दर्शक-श्रोतामाझ आएकी छन्।

रेखाले आफ्नो पहिलो गीत सार्वजनिक गरेकी छन्। उनका शब्दमा चर्चित गायक रामजी खाँड र गायिका मेलिना राईको आवाजमा लोक फ्लेभरको ‘कसम तोड्नी भा’ बोलको गीतको म्यूजिक भिडियो युटुबमा रिलिज् गरिएको हो।

गीतमा संगीत बादल घिमिरेले भरेका छन् भने विशाल निरौलाले संगीत संयोजन गरेका छन्।

विशाल घिमिरेले निर्देशन गरेको म्यूजिक भिडियोमा अभिनय प्रियना आचार्य र बादल घिमिरेको छ। प्रियना रेखाकी आफ्नै छोरी हुन्। टेलिसिरियलबाट ‘मुन्नी’ का नामले चर्चित उनले यसअघि थुप्रै म्यूजिक भिडियोमा पनि मोडलिङ गरिसकेकी छन्।

म्यूजिक भिडियोमा नवराज उप्रेतीको छायांकन, पदम सुवेदीको सम्पादन र मिलन विश्वकर्माको कलर ग्रेडिङ छ।

गीतकारका रुपमा पहिलो गीत सार्वजनिक गरेकी रेखा लामो समयदेखि बेलायत बस्दै आएकी छन्। केही वर्षयता उनले आफ्नो नेपाल बसाईलाई पनि बाक्लो बनाउंदै लगेकी छन्।

बेलायतमा नर्सका रुपमा कार्यरत रेखा सामाजिक क्षेत्रमा पनि क्रियाशिल छन्। चार्ल्टन नेपाली समाजकी निवर्तमान अध्यक्ष उनी नेप्लिज् नर्सिङ एशोसिएसन यूकेसहितका अन्य संस्थामा पनि आबद्ध छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू