आइतबार, जेठ ६, २०८१
22:01 | ०२:४६

गोर्खा वार्ताको पूर्व सन्ध्यामा नेपाल जाँदै बेलायती विदेश राज्यमन्त्री

नेपाली लिङ्क फ्रेब्रवरी ८, २०२४

बेलायत सरकारका विदेश राज्यमन्त्री एन्ड्रयू मिचेल

लन्डन- बेलायत सरकारका विदेश राज्यमन्त्री एन्ड्रयू मिचेल आगामी साता नेपाल भ्रमणमा जाने भएका छन्। बेलायतको विदेश, राष्ट्रमण्डल र विकास कार्यालयका राज्यमन्त्री मिचेलले आउंदो सोमबार र मंगलबार नेपाल भ्रमण गर्न लागेका परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

बेलायतका सेनाध्यक्ष प्याट्रिक स्यान्डर्स नेपाल भ्रमण गरी फर्केको एक सातामै विदेश राज्यमन्त्रीको भ्रमण हुने भएको हो।

नेपालमा रहंदा राज्यमन्त्री मिचेलले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल, अर्थमन्त्री प्रकाशशरण महतलगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ । परराष्ट्रमन्त्री एनपी साउद भने अस्ट्रेलिया र न्यूजिल्यान्ड भ्रमणमा रहेका कारण मन्त्रालयको तर्फबाट सचिव सेवा लम्सालले राज्यमन्त्री मिचेलसँग भेटवार्ता गर्नेछिन् ।

नेपाल र बेलायतबीच सन् १९२३ मा शान्ति तथा मैत्री शान्ति हस्ताक्षर भएको एक सय वर्ष पुगेको अवसरमा बेलायतबाट नेपालमा भ्रमणहरु भइरहेका छन्। बेलायतका सेनाध्यक्ष प्याट्रिक स्यान्डर्स गत साता नेपालको चार दिने भ्रमण गरी फर्केका थिए।

उता, बेलायती सेनाका पूर्व गोर्खाहरुको समान पेन्सनलगायत मागका सम्बन्धमा जारी त्रिपक्षीय वार्ता निर्णायक चरणमा पुगेका बेला बेलायती पक्षबाट भएका नेपाल भ्रमणहरु थप अर्थपूर्ण मानिएका छन्। 

अर्को चरणका गोर्खा वार्ता यही फेब्रुअरी २१ र मार्च २७ मा तय छन्। यीनै वार्तालाई निर्णायक भन्दै गोर्खाहरुले माग पूरा नभए त्यसलगत्तै आन्दोलन थाल्ने चेतावनी दिएका छन्।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू