आइतबार, जेठ ६, २०८१
23:19 | ०४:०४

बुद्धजयन्ती तयारीमा जुट्यो बुद्ध फाउण्डेसन यूके, कार्यक्रम जुनमा

नेपाली लिङ्क फ्रेब्रवरी ४, २०२४


लन्डन- विगत केही वर्षदेखि लन्डनमा हुंदै आएको बुद्धजयन्ती कार्यक्रम यस वर्ष आगामी जुनमा हुने भएको छ।

आइतबार लन्डन प्लमस्टिडस्थित गोर्खा क्लबमा सम्पन्न बुद्ध फाउण्डेसन यूकेको कार्यसमिति तथा सल्लाहकारको संयुक्त बैठकले आगामी जुनमा कार्यक्रम गर्ने निर्णय गरेको हो।

कार्यक्रमका लागि उपयुक्त मिति र ‘भेन्यू’ भने आगामी बैठकमा तय गरिने भएको छ । जसका लागि अध्यक्ष दीपक श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष सचिन श्रेष्ठ, उपाध्यक्ष अर्जुन कटुवाल र  प्रसुना कंडेल तथा सल्लाहकार जीत रानाभाट र शिवजी श्रेष्ठलाई जिम्मेवारी दिइएको छ।

विगतमा कार्यक्रम हुंदै आएको लन्डनको ट्राफल्गर स्क्वायर यसपटक मर्मतसम्भारका कारण उपलब्ध नभएकाले लन्डन ब्रिज, ग्रीनवीच, वुल्लीच स्क्वायरसहितका क्षेत्रमध्ये उपयुक्त एक ठाउँ छनोट गरिने भएको छ।

बैठकले कार्यक्रम संयोजनको जिम्मा फाउण्डेसनकी उपाध्यक्ष प्रसुना कंडेललाई दिने निर्णय गरेको छ भने सहसंयोजकमा ह्यारी गुरुङ र सुर्जे गुरुङलाई राखिएको छ।

कार्यक्रम गर्न आवश्यक कोष संकलनको संयोजन गर्ने जिम्मा फाउण्डेसनका पूर्व कोषाध्यक्ष राजन खकुराललाई दिइएको छ। कोष संकलन उपसमितिमा अध्यक्ष दीपक श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष सचिन श्रेष्ठ तथा सल्लाहकार शिवजी श्रेष्ठ र किशोर राना पनि सदस्य छन्।

त्यसैगरी, कार्यक्रम प्रचारप्रसारको संयोजन सल्लाहकारद्वय आरके त्रिपाठी र फडिन्द्र भट्टराईले गर्ने भएका छन् । कार्यक्रमका लागि स्वयमसेवक संयोजनको जिम्मा भने ह्यारीलाई दिइएको छ ।

कार्यक्रमको ‘भेन्यू’ र मिति तय भएपछि अन्य तयारीबारे लन्डनस्थित नेपाली दूतावाससंग छलफल गरिने भएको छ।

संस्थाका महासचिवले कार्यव्यस्तताका कारण पर्याप्त समय दिन नसकेका कारण उक्त जिम्मेवारी उपाध्यक्ष प्रसुना कंडेललाई दिने निर्णय बैठकले गरेको छ।

अध्यक्ष दीपक श्रेष्ठको अध्यक्षतामा उपाध्यक्ष प्रसुना कंडेलले सञ्चालन गरेको बैठकमा सल्लाहकार एवम् ग्रीनवीच बरोका उपमेयर जीत रानाभाट, सल्लाहकारहरु विनोद ज्ञवाली र ध्रुवराज अर्याल, वरिष्ठ उपाध्यक्ष सचिन श्रेष्ठ, धनराज मल्ल, राम थापालगायतको सहभागिता थियो ।

त्यस्तै, भर्चुअल माध्यमबाट शिवजी श्रेष्ठ, फडिन्द्र भट्टराई, आरके त्रिपाठी, अर्जुन कटुवाल, किशोर राना, काजी शेर्पा, निरज श्रेष्ठ, निरञ्जन खड्का, दीपक माइथाने मगरसहितका पदाधिकारी एवम् सल्लाहकारहरु पनि सहभागी थिए ।

बुद्धजयन्ती कार्यक्रममा लन्डनस्थित नेपाली दूतावास, नेपाल पर्यटन बोर्ड, एनआरएनएलगायत संघसंस्थाको पनि सहकार्य रहंदै आएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू