बुधबार, २ जुलाइ, २०२५
05:32 | १०:१७

डिबीसी यूकेको भूकम्पपीडित सहयोग प्रधानमन्त्रीलाई हस्तान्तरण

नेपाली लिङ्क फ्रेब्रवरी २, २०२४

काठमाडौं–डायमण्ड बुद्धिष्ट सेन्टर (डिबीसी) यूकेले जाजरकोट भूकम्पपीडितका लागि आर्थिक सहयोग प्रदान गरेको छ।

भूकम्पपीडितका लागि संस्थाले बेलायतमा संकलन गरेको तीन लाख रुपैयाँ नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमार्फत् सहयोग गरिएको हो।

काठमाडौँस्थित प्रधानमन्त्री कार्यालयमा शुक्रबार डिबीसी यूके संस्थापक अध्यक्ष सुमलकुमार गुरुङ र महासचिव हेम छन्त्यालले सहयोग चेक प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई हस्तान्तरण गरेका छन्।

सोही अवसरमा छन्त्याल संघ यूकेद्वारा संकलित डेढ लाख रुपैयाँको चेक पनि छन्त्याल संघ नेपालका अध्यक्ष मोहन छन्त्याल र बेलायतका अध्यक्ष हेम छन्त्यालले प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका थिए।

सहयोग हस्तान्तरण गर्दै डिबीसी यूकेका संस्थापक अध्यक्ष एवम् संरक्षक गुरुङले सहयोग रकम सानै भएपनि प्रधानमन्त्रीलाई प्रत्यक्ष भेटेर हस्तान्तरण गर्न पाउँदा खुशी लागेको बताएल।

प्रधानमन्त्री प्रचन्डले डिबीसी यूके र छन्त्याल संघ यूकेको सदासयता र पीडितलाई सहयोग गर्ने भावनाको प्रशंसा गर्दै सहयोगी सबैलाई धन्यवाद दिएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू