आइतबार, २१ डिसेम्बर, २०२५
01:42 | ०७:२७

स्कटल्यान्ड पशुपतिनाथ मन्दिरमा नयाँ नेतृत्व, अध्यक्ष चुनिइन् डली शर्मा भट्ट

नेपाली लिङ्क जनवरी २३, २०२४

लन्डन। स्कटल्यान्डको ग्लास्गोमा नेपालीहरुद्वारा स्थापित पशुपतिनाथ मन्दिरको दोस्रो अधिवेशन सम्पन्न भएको छ।

सोमबार निवर्तमान समितिका अध्यक्ष देव केसीको अध्यक्षतामा सम्पन्न अधिवेशनले डली शर्मा भट्टलाई अध्यक्ष निर्वाचित गरेको छ। २३ सदस्यीय कार्यसमितिका सबै पदाधिकारी र सदस्यहरु सर्वसम्मतिमा चयन गरिएको छ।

मन्दिरको नयाँ कार्यसमितिमा उपाध्यक्ष गोविन्दप्रसाद कँडेल, सचिव रामप्रसाद कंडेल, कोषाध्यक्ष शर्मिला भण्डारी, सहसचिव कल्याण अर्याल र सहकोषाध्यक्ष मिनप्रसाद खरेल चुनिएका छन्।  

सदस्यहरुमा मोहन कार्की (फलक्रीक), दिवाकर पान्डेय (फाइफ), काशीराम भण्डारी (फाइफ), तोया सापकोटा (एवरडीन), विजय डंगोल (एडिनवरा), कृष्ण अर्याल (फाइफ), सूर्य पौडेल (ग्लास्गो), चन्द्रिका रिजाल (एवरडीन), डिलु गैरे (ग्लास्गो), पूर्णभद्र कडेल (ग्लास्गो), कृष्ण सापकोटा (ग्लस्गो साउथसाइड), परशुराम भण्डारी (ग्लास्गो साउथसाइड), घनश्याम भुसाल (ग्लास्गो साउथसाइड), खिमलाल गैरे (ग्लास्गो), राजेन्द्र कडेल (ग्लास्गो), सुशान्त खाती (ग्लास्गो) र कृष्ण देवकोटा (ग्लास्गो) छन्।

त्यस्तै, ट्रस्टीमा प्रकृति थापा प्याकुरेल, राम प्रसाद बगाले, यज्ञमुर्ति ढकाल र सुनिता पोधार तथा सल्लाहकारमा छविलाल अर्याल, देव केसी, माधव भण्डारी र सुशिला गैरेलाई मनोनित गरिएको छ।

मन्दिरका ट्रस्टीहरु रामप्रसाद बगाले, प्रकृति थापा प्याकुरेल, यज्ञमूर्ति ढकाल सम्मिलित निर्वाचन समितिले नयाँ कार्यसमिति चयन प्रक्रिया सञ्चालन गरेको थियो।  

स्थानीय नेपालीहरुको पहलमा करिब तीन वर्षअघि ग्लास्गोमा पशुपतिनाथ मन्दिर स्थापना गरिएको थियो।

हालसम्म ग्लास्गो नेपाली एशोसिएसनको कम्युनिटी हलमा सञ्चालन हुँदै आएको पशुपतिनाथको लागि आफ्नै जग्गा किनेर मन्दिर निर्माण गर्ने लक्ष्य राखिएको छ।

मन्दिरको कोषमा ४० हजार पाउन्ड हाराहारीमा कोष रहेको र उपयुक्त स्थानको खोजी भइरहेको मन्दिर समितिका निवर्तमान सचिव समेत रहेका एनआरएनए स्कटल्यान्ड अध्यक्ष दिवाकर पाण्डेले जानकारी दिए।

मन्दिरमा यही वर्षको जनवरीयता पूजारी नै राखेर दैनिक पूजाआजा सञ्चालन गरिंदै आएको छ। त्यसबाहेक विभिन्न धार्मिक पर्वहरुको अवसरमा विशेष कार्यक्रम पनि हुँदै आएका छन्। 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू