सोमबार, वैशाख १७, २०८१
01:22 | ०६:०७

बेलायतमा आइतबारदेखि ए स्टार नेपलिज बास्केटबल लिग

नेपाली लिङ्क जनवरी २०, २०२४


लन्डन । बेलायतमा २१ जनवरी आइतबारदेखि तेश्रो ‘ए स्टार नेपलिज बास्केटबल लिग’ शुरु हुंदैछ । नेपाल बास्केटबल यूकेको आयोजनामा १३ हप्तासम्म चल्ने उक्त लिगमा यसपटक ११ टिमले प्रतिष्पर्धा गर्नेछन् । अघिल्लो वर्ष टिम संख्या ८ थियो ।

११ हप्ता लिग फरम्याट तथा प्लेअफ र फाइनल एक-एक हप्ता गरि १३ हप्तासम्म खेल सञ्चालन हुने आयोजक नेपाल बास्केटबल यूकेका पिआर हेड अंकित कुंवरले जनाए ।

वेष्ट लन्डनको हेज र फेल्थाम तथा आसफोर्डमा खेल खेलाइनेछ ।

प्रतियोगितामा सहभागी डिबीएस, वाटरमेलन स्न्याचर्स, स्यान्डहर्स्ट निक्स, ग्रीनफोर्ड नाइट्स, बलर्स स्ल्यामर्स, हिमालयन हिट, साउथ आसफोर्ड वुल्भस्, कोलचेष्टर एलिट पुरानै टिम छन् भने बर्कसायर ब्याजर्स, साउथ इष्ट लायन्स् र ह्याम्पसायर होपर्स नयां टिम हुन् ।

बेलायतमा युवा प्रतिभा उजागर गर्दै नेपाली समुदायलाई एकत्रित गर्ने लिगको उद्देश्य रहेको आयोजकले जनाएका छन् ।

कुंवरले बेलायतको नेपाली समुदायमा बास्केटवल खेलाडी संख्या वृद्धि भइरहेको बताउंदै नेपाल, अमेरिका लगायत अन्यत्र देशमा पनि खेलाडीलाई प्रतियोगितामा सामेल गराइएको जनाए । अमेरिकामा आयोजित नेपाली भुटनीज टिब्बेटन प्रतियोगितामा पनि संघका खेलाडीले प्रतिष्पर्धा गरेर रनर अप उपाधि जितेका थिए ।

नेपाल बास्केटबल यूकेका अध्यक्ष रुपक गुरुङ र उपाध्यक्ष सन्जय गुरुङले खेल हेरेर दर्शकलाई हौसला दिन आग्रह गरेका छन्। उनीहरुले लिगको मुख्य प्रायोजक ए स्टार फाइनान्सियल सोलुसन्स् यूके लगायत अन्य प्रायोजकप्रति पनि विशेष आभार व्यक्त गरे ।

खेल विकास, युवाहरुको प्रतिभा प्रष्फुटन र सामुदायिक अन्तरघुलनका लागि वर्षेनी लिग प्रायोजन गर्दै आएको ए स्टार कम्पनीका प्रवन्ध निर्देशक मीन दर्लामीले बताए ।

लिगलाई नेपाल फुड्स, हेज नेपलिज सेन्टर, गोर्खा भिल्ला, नमस्ते गोर्खा, योर ड्राइभिङ स्कुल र गोर्खा कन्सट्रक्सनले पनि प्रायोजन गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू