बिहीबार, वैशाख २०, २०८१
09:35 | १४:२०

बक्सिङ डेमा लन्डन प्लमस्टिडमा पवन र अमितले मच्चाए सांगीतिक धमाका

नेपाली लिङ्क डिसेम्बर २७, २०२३

लन्डन। ‘नेपाल आइडल फेम्ड्’  गायक पवन गिरी र यूकेस्थित ‘दाजुभाइ ब्यान्ड’ का गायक अमित मगरले साउथ इष्ट लन्डनमा संयुक्त प्रस्तुति गरेका छन्।  

मंगलबार ‘बक्सिङ डे’ को साँझ संगीतप्रेमीहरुले भरिभराउ गोर्खा क्याप्रिकन प्लमस्टिडमा गायकद्वयले सांगीतिक धमाका मच्चाएका हुन्।

रक शैलीका गीतहरुबाट लोकप्रिय गायक पवनले झन्डै एक दर्जन गीत प्रस्तुत गरेका थिए। पवनले गाउँदा सँगसंगै गाउँदै र नाच्दै उपस्थित दर्शकले पनि भरपुर मनोरञ्जन लिए।

सो अवसरमा स्थानीय दाजुभाई ब्यान्डका गायक अमित मगरले पवनको प्रस्तुतिमा गीतारमा साथ दिएका थिए ।  

त्यसअघि अमितले पनि नेपाली र हिन्दी गरी झन्डै एक दर्जन लोकप्रिय गीत प्रस्तुत गरेका थिए।


पवन र अमितको संयुक्त प्रस्तुतिसहित सांगीतिक सांझको संयोजन अर्चना लिम्बू र वसन्ती रानाले गरेका थिए।

एनआरएनए यूके कोषाध्यक्ष विष्णु खरेल, बुद्ध फाउन्डेसन यूके अध्यक्ष दीपक श्रेष्ठ, एनआरएनए यूके पूर्व महासचिव फडिन्द्र भट्टराई, जमघट परिवार यूके अध्यक्ष तीर्थ कुमार थापा, नेप्लिज इन यूके सञ्चालक विरेन्द्र नेपाललगायतले पनि कार्यक्रम सफल पार्न विशेष भूमिका निर्वाह गरेका थिए।

कार्यक्रममा प्रस्तुतिअघि गायकद्वयलाई पुष्पगुच्छा र खादासहित सम्मान गरिएको थियो।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू